चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको पर्यटनमन्त्री तामाङद्धारा अवलोकन, छिट्टै सबैका लागि खुला गर्ने जानकारी

चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको पर्यटनमन्त्री तामाङद्धारा अवलोकन, छिट्टै सबैका लागि खुला गर्ने जानकारी

  • मङ्लबार, असार १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

असार ११ चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको अनुगमन गर्नु भएको छ ।

आज विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुग्नु भएका मन्त्री तामाङले सो ऐतिहासिक बंगलाको बारेमा जानकारी लिँदै यसलाई छिट्टै सर्वसाधारणका लागि खुला गर्ने तयारी भएको जानकारी दिनु भयो ।

यो बंगला विगतमा राजाहरुले सञ्चालन गर्दै आएकोमा हाल गणतन्त्र स्थापना पछि नेपाल ट्रष्टको नाममा रहेको छ ।

दियालो बंगला दरबारमा विस २०२८ सालको माघ १७ गते राजा महेन्द्रको निधन भएको थियो । राजा महेन्द्रले विस २०१८ सालमा निर्माण सुरु गरेर २६ सालमा निर्माण सकेको दियालो बंगलामा महेन्द्रपछि उनका छोरा राजा बिरेन्द्र परिवारसहित हिउँदमा गएर बेला बेला बस्ने गरेका थिए ।

बंगलामा राजा महेन्द्रको शयन कक्ष छ । त्यसको सिरानीमा राजा महेन्द्रले प्रयोग गर्ने दुईवटा हतियार छन् । त्यति बेलैका बिस्तारा, पलङ र गलैचाहरु छन् । स्मोकिङ जोन साथै बार पनि रहेको छ ।

नारायणगढ बजारदेखि चार किलो मिटर पर नारायणगढ मुग्लिन सडक र देवघाट जाने सडकको आडमा दरबार क्षेत्र रहेको छ । जंगलभित्र रहेको दरबार नजिकै उत्तरमा नारायणी नदी पनि छ । दरबार क्षेत्र इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरुका लागि उपयुक्त स्थल हुने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ