नेपालमा ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना छ : मन्त्री तामाङ

नेपालमा ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना छ : मन्त्री तामाङ

  • मङ्लबार, असार १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

असार ११ चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्वीक सम्पदाहरुका हिशाबले असाध्य धनी रहेको र खास गरी हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको बताउनु भएको छ ।

चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमुर्तिको शिलन्यास गर्दै मन्त्री तामाङले सो कुरा बताउनु भएको हो ।

उहाँले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौँको संख्यामा धार्मिक पर्यटक ल्याउन सकिने बताउनु भयो ।

अष्टधातु शिवमुर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने उल्लेख गर्नु भयो ।

उहाँले राज्य धर्मनिरपेक्ष भएकाले सबै धर्मलाई समान रुपले हेर्ने भन्दै नेपालमा सबै खाले धार्मिक पर्यटक आउने गरेको उल्लेख गर्नु भयो ।

उहाँले यो बजेट योजना अनुसार कुनै समस्या नआउने गरी कार्यन्वयन गर्न आग्रह गर्नु भयो । उहाँले मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ