१३ सामुदायिक विद्यालयले भाडा लगाएका १७५ वटा सटरमा ताला

१३ सामुदायिक विद्यालयले भाडा लगाएका १७५ वटा सटरमा ताला

  • मङ्लबार, जेष्ठ २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।

यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए । यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए ।

यससँगै शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए ।

हिजो ४ वटा विद्यालयका ६१ वटा सटरमा ताला लगाएको थियो । यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको सहिद शुक्र मा. वि. का २२ वटा, विजय स्मारक मा. वि. डिल्लीबजारका ८ वटा र पदमकन्या मा. वि. डिल्लीबजारका १४ वटा सटर छन् ।

यी विद्यालयहरुले विद्यालयको खुला जग्गा संकुचित बनाएका छन् । अस्थायी टहरा बनाएका छन् । यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको छ । शिक्षा अधिकृत नेत्रनारायण पौडेल भन्नुहुन्छ, ‘शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकोले ताला लगाउनु परेको हो ।’ यस व्यवस्था अनुसार विद्यालयको सम्पत्ति विद्यार्थीहरुको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्न पाइन्छ ।

ताला लगाइएका सटरहरुको चावी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ । व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकहरुलाई ताला दिइएको हो ।

प्रमुखको सचिवालयका प्रमुख सस्मित पोखरेल भन्छन्, ‘२०८० चैत २ गते शिक्षा विभागबाट सबै सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेर विद्यालय हाताभित्र भएका भाडामा लगाइएका, वहाल अवधि सकिएका सटरको नविकरण नगराउन भनिएको थियो । अनुगमनका क्रममा देखिएको यो अवस्था सुधार गर्न विद्यालयहरुबाट चासो नदेखाए पछि ताला लगाउनु परेको हो ।’

महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको अनुगमनपछिको प्रतिवेदनमा देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी