विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा प्रतिस्पर्धा गर्न तीनजना नेपाली विद्यार्थीको टोली भारतको मुम्वई जाँंदै 

विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा प्रतिस्पर्धा गर्न तीनजना नेपाली विद्यार्थीको टोली भारतको मुम्वई जाँंदै 

  • बिहिबार, जेष्ठ २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा प्रतिस्पर्धा गर्न तीन जना नेपाली विद्यार्थीको टोली भारतको मुम्वई जाने भएका छन् । हल्ट प्राइज कम्पिटिशनमा भाग लिन उनीहरु विहीबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट मुम्वई जान लागेका हुन् । हल्ट प्राइज नयाँं आइडिया निकाल्न गरिने एउटा अन्तर्राष्टिय प्रतियोगिता हो ।
भक्तपुरको चाँंगुनारायण दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुर भक्तपुरमा सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरु लजिता भट, लिजा तामाङ र संयम मानन्धर प्रतिस्पर्धामा भाग लिन जान लागेका हुन् । विद्यार्थीको विदाई तथा शुभकामना दिन बुधबार कलेजले कार्यक्रम गरेको थियो । कलेजका अनुसार उनीहरु विहीबार मुम्बइका लागि प्रस्थान गर्ने छन् । उनीहरुको तीनजनाको समूहले तीन दिनसम्म त्यहाँं आफूभित्र रहेका नयाँं आइडियालाई प्रस्तुत गर्नेछन् ।
कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख उपप्रध्यापक विष्णुप्रसाद भण्डारीले कलेजको प्लेन टिकट, खाने, वस्ने सम्पूर्ण सुविधाबाट विद्यार्थी त्यता जान लागेका हुन् । कलेजले आन्तरिक प्रतियोगिता गरी सर्वोत्कृष्ट हुन सफल विद्यार्थी अन्तर्राष्टिय प्रतिस्पर्धामा सहभागी हुन त्यता जान लागेको उनले सुनाए ।
कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीका अनुसार सिभिल इन्जिनियरिङका ती विद्यार्थी सेमिफाइनलमा प्रवेश पाई प्रतिस्पर्धाका लागि जान लागेको हुन् । त्यहाँंबाट उत्कृष्ट भए उनीहरुको अर्को तहको प्रतिस्पर्धाका लागि बेलायतको लण्डन जान पाउने उनले सुनाए ।

प्रतियोगिता प्रत्येक वर्ष चल्दै आएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ । विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी