शिक्षामा प्रगति नभए सम्म मुलुकले अपेक्षित विकास हासिल गर्न सक्दैन : मन्त्री तामाङ

शिक्षामा प्रगति नभए सम्म मुलुकले अपेक्षित विकास हासिल गर्न सक्दैन : मन्त्री तामाङ

  • बुधबार, जेष्ठ २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जेठ २३ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले देशको शिक्षामा प्रगति नभए सम्म देशले अपेक्षाकृत विकास गर्न नसक्ने बताएका छन् ।

काठमाण्डौँ कपनमा रहेको वाल उद्धार माध्यमिक बिद्यालयको कार्यक्रममा बोल्दै मन्त्री तामाङले लामो संघर्षपछि अहिलेको परिवर्तन आए पनि शिक्षामा अझै अपेक्षित विकास हुन नसकेको स्वीकार गर्दै देशको विकासका लागि शिक्षा सबल हुनु पर्ने बताए ।

यत्रो परिवर्तन पछि पनि पुरानै शिक्षा ऐनका आधारमा विद्यालय, क्याम्पस र विश्व बिद्यालय सञ्चालन भईरहेको भन्दै उनले यसलाई परिवर्तन र संसोधन गरेर अहिलेको समय सापेक्ष शिक्षा नीति बनाउन सरकार लागि परेको जानकारी दिए ।

सके सम्म संसदको यही सत्र भित्र शिक्षा ऐन पारित गर्न सरकार लागि परेको भन्दै मन्त्री तामाङले अबको शिक्षा व्यवहारीक, वैज्ञानिक, प्रविधिमैत्री हुनु पर्ने र त्यो शिक्षा प्राप्त गरीसकेपछि रोजगारी प्राप्त गर्न सक्ने, अन्तराष्ट्रिय क्षेत्रमा पनि प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नीति बनाउन आफूहरु लागि परेको बताए ।

मन्त्री तामाङले सामुदायिक, निजी सबै शैक्षिक क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न जरुरी रहेकोमा पनि जोड दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी