शिक्षालाई गुणात्मक,प्रविधियुक्त र उत्पादनमुलक बनाउन सरकार प्रतिबद्धः मन्त्री तामाङ

शिक्षालाई गुणात्मक,प्रविधियुक्त र उत्पादनमुलक बनाउन सरकार प्रतिबद्धः मन्त्री तामाङ

  • बिहिबार, जेष्ठ १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, १७ जेठ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शिक्षालाई गुणात्मक,प्रविधियुक्त र उत्पादनमुलक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
नुवाकोटको बागेश्वरी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई बिहिवार सम्बोधन गर्दै मन्त्री तामाङले विद्यालय तथा विश्वविद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान सरकार शिक्षा क्षेत्रको सुधार गर्दै शिक्षालाई गुणात्मक, प्रविधियुक्त र उत्पादनमुलक बनाउन लागिपरेको बताउनु भएको हो । त्यसको लागि आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमासमेत सरकारले सबैभन्दा धेरै बजेट शिक्षा मन्त्रालयमा नै छुट्याएको उहाँको भनाई छ ।

मन्त्री तामाङले शैक्षिक बेरोजगारी अन्त्य गर्न बिद्यालय र अन्य माध्यमबाट प्राविधिक शिक्षा दिने प्रकृयाको सुरुवात भएको पनि बताउनु भयो । सोचेअनुरुप शिक्षालाई बैज्ञानिक, ब्यावहारिक, उत्पादनमुलक, रोजगारमुलक बनाउन नसकेको धाराणा राख्दै उहाँले भन्नुभयो, “नेपालको शिक्षा नीति अपेक्षा गरेअनुरुप छैन, बेरोजगार उत्पादन गर्ने काम गरिरहेको छ । विद्यालय, क्यान्पस र विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखानाको काममा मात्र सिमित रहेको आवाज उठिरहेको छ, यो एक हद सम्म सत्य पनि हो । तर शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको छ ।”

विद्यालय रविश्वविद्यालयहरु अब बेरोगार उत्पान गर्ने कारखानाको रुपमा सिमित नरहने स्पष्ठ पार्दै मन्त्री तामाङले अगाडि थप्नुभयो, “मुलुकमा संघियताको अभ्यास र सुरुवात भएको छ, विशेष गरेर नयाँ संविधानको घोषणासँगै कार्यान्वयनको प्रकृया अगाडि बढेपछि शिक्षा क्षेत्रमा सुधार गर्दै लगानी बढाउने र वेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा विद्यालय, क्याम्पस र विश्वविद्यालयलाई सिमित नबनाई शिक्षा पुरागरेर बाहिर निस्कदा योग्यता अनुरुपको रोजगारी प्राप्त गर्न सक्ने, उत्पानमुलक क्षेत्रमा कामको अवसर प्राप्त गर्ने खालको हुनुपर्छ भनेर नै प्राविधिक शिक्षा दिने प्रकृया सुरुगरिएको हो ।”

लक्ष्य अनुरुप पर्याप्त मात्रामा उक्त प्रकृया लागु गर्न नसकिएको भएपनि सरकारले क्रमश पहल गरिरहेको पनि उहाँले बताउनु भयो । बागेश्वरी माध्यमिक विद्यालयमा पनि बिद्यार्थिहरुलाई प्राविधिक शिक्षा प्रदान गरिरहेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।


मन्त्री तामाङले राणाशासनको अन्त्यपछि मुलुकका बिभिन्न स्थानमा स्थापना भएका बिद्यालयमध्ये बागेश्वरी माध्यमिक विद्यालय पनि एक रहेको चर्चा गर्दै ७४ वर्षको ईतिहासमा हजारौ विद्यार्थिले आफ्नो शिक्षा पुरा गरेर विभिन्न क्षेत्रमा रहि राष्ट्रको निमित्त कुनै न कुनै रुपमा योगदान पुर्याउने क्रममा विद्यालयको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो । साथै उहाँले स्थापना देखि वर्तमान अवस्थाासम्म विद्यालय सन्चालनमा योगदान गर्ने सबैलाई बधाई पनि दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी