विद्यालयमा पठनपाठन गर्न शिक्षक आफ्नो जातीय पोसाकमा !

विद्यालयमा पठनपाठन गर्न शिक्षक आफ्नो जातीय पोसाकमा !

  • सोमवार, बैशाख ३१, २०८१
  • सुरुचि भण्डारी

  • 6.5K
    SHARES

बारा ।  बाराको निजगढ नगरपालिका–५ वागदेवमा अवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा साताको हरेक शुक्रबार यस बिद्यालयका शिक्षकहरू आआफ्ना जातीय पोसाकमा आएर पठनपाठन सुरु गरेको छ ।

 

२०२२ सालमा स्थापना भएको यस विद्यालयले जातीय पोसाकले आफ्नै मौलिक पहिरन नचिनेका विद्यार्थीलाई पहिरन चिन्ने सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ ।
धेरै जातजातिको बसोबास रहेका कारण शिक्षकहरू आआफ्ना जातीय पोसाकमा सजिएर विद्यालय आउदा आफ्नै मौलिक पहिरनको प्रवद्र्धन गर्न तथा विद्यार्थीबीच एकले अर्को जातिको विशेषता चिन्न, बुझ्न र सम्मान गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

धेरै जातजातिको बसोबास रहेका कारण शिक्षकहरू आआफ्ना जातीय पोसाकमा सजिएर विद्यालय आएको दृश्य निकै आकर्षक देखिन्छ । त्यहाँ पुग्दा यहाँ कुनै सांस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ । गुरुङ, तामाङ, मधेसी, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयमा साताको एक दिन मौलिक पोसाकमा सजिएर शिक्षक विद्यालय पुग्ने गर्दछन् । विद्यालयको व्यवस्थाअनुसार प्रत्येक हप्तामा शुक्रबार शिक्षक र विद्यार्थी आआफ्ना जातीय पोसाकमा सजिएर विद्यालय आउने क्रम नियमित र व्यवस्थित गर्ने यो अभियान सुरु भएको हो ।
गुरुहरुले जातीय पोसाक लगाउन शुरु गरेपछि आफूहरुले विभिन्न जातजातिको मौलिक पोसाकबारे जानकारी पाउने र लगाउने तरिका बारे सिक्ने अवसर मिलेको कक्षा–१० की छात्रा सरीश्मा चौलागाई बताउँछिन्। उनले भनिन,‘पोसाकबारे व्यावहारिक जानकारी प्राप्त भएको हामी विद्यार्थीहरूले अनुभूति गरेका छौँ।’
यसरी जातीय पहिरन लगाएपछि सन्थाल जातिको मौलिक पहिरन चिनेको छात्र नसिब अधिकारीले बताए । ‘विद्यालयले तोकेको ड्रेसमा शिक्षकशिक्षिकाहरु आउदाँ कुन शिक्षक कुन जातिको भन्ने थाहा हुँदैन थियो झन कुन जातिको मौलिक पहिरन के हो भन्ने कुरा झन् कहाँबाट थाहा पाउनु हामीले तर अब नियमित गर्दा बिस्तारै थाहा हँुदै जान्छ ।’
जातीय विविधताको उजागर गरेर पहिचानको प्रबद्र्धन गर्न र सबै समुदायको संस्कृतिप्रति सम्मान जगाउन विद्यालयका शिक्षकहरुले जाती अनुसारको पोशाक लगाउन शुरु गरेको प्रधानाध्यापक हस्तबहादुर लामा बलको भनाई छ । समाजमा रहेको विविधतालाई उजागर गर्दै आफ्नो मौलिक पहिचान र संस्कृतिबारे जानकार बनाउन यो अभियान सुरु गरिएको प्रधानाध्यापक बलले जानकारी दिए । यसबाट नेपालको संस्कृतिको प्रवद्र्धन हुनुको विद्यार्थीहरुले पनि व्यवहारिक रुपमा नै जातीअनुसारको पोशाकको बारेमा ज्ञान हासिल गर्नसक्ने उनले बताए । प्रधानाध्यापक लामाले विद्यालयका शिक्षकहरुले अब नियमित रुपमा आफ्नो जातीअनुसारको पोशाक लगाउनुपर्ने नियम बनाइएको पनि जानकारी दिए । विद्यालयले स्थानमा जातीय पोसाक लगाउने व्यवस्था गरेर नयाँ सन्देश दिन खोजिएको प्रधानाध्यापक बलको भनाइ छ । ‘सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोसाकको पढाइ गर्नुपर्ने हुन्छ। त्यसैको सिलसिलामा यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो व्यवस्था गरेका हौँ’, प्रधानाध्यापक बलले भने, ‘कक्षा १ देखि १२ सम्म नै तस्बिर देखाएर यो फलानो जातिको पोसाक भनेर देखाउनु, चिनाउनु, पढाउनुभन्दा यो गरेपछि हरेक कक्षाकोठा नै शैक्षिक सामग्री र मोडल बन्छ। त्यहीँ सिकाइ हुन्छ।’
यता अभियानले पोसाक लगाउने सीपको विकास हुनुका साथै औपचारिक शिक्षाको व्यावहारिक ज्ञान हुने विद्यालयको ठम्याइ छ। आफ्नो पोसाकबारे जानकारी पाउँदा नयाँ पुस्ताबाट संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमले बताए। अहिले शिक्षकहरुबाट सुरु गरेका छौँ बिस्तारै विद्यालयले अभियाननै सञ्चालनका लागि सबै अभिभावक र वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेर विद्यार्थीलाई समेत जातीय पोसाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले आह्वान गरेर यस वर्षदेखि नियमित गर्ने तयारीमा छौँे । ‘पोशाकमार्फत नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्न विद्यालयले शिक्षकहरुबाट सुरु भएको यो अभियान विद्यार्थीहरुमा पनि विस्तार गरिन्छ ।’
६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत यो विद्यालयमा १६ महिला शिक्षिक सहित ३० शिक्षक शिक्षिका र ४ जना कर्मचारी छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी