निजी विद्यालय छाड्दै लक्ष्मी मावि रोज्दै

निजी विद्यालय छाड्दै लक्ष्मी मावि रोज्दै

  • सोमवार, बैशाख १७, २०८१
  • डम्मर दत्त भट्ट

  • 4.7K
    SHARES

कञ्चनपुर, बैशाख १७ । चालु शैक्षिक सत्र २०८१ कञ्चनपुरका सरकारी तथा निजी विद्यालयमा विद्यार्थी भर्ना हुनेक्रम जारी रहेको छ । भर्ना अभियानकै क्रममा केही विद्यार्थीले निजी तथा सरकारी रोजिरहेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा यस बर्षपनि विद्यार्थीको चाप बढिरहेका छ । सयौँ विद्यार्थीले बोडिङ्ग छाड्दै लक्ष्मी माध्यामिक विद्यालय रोजिरहेका छन । अभिभावकहरुले पछिल्ला बर्षहरुमा लक्ष्मी माविले शैक्षिक गुणस्तर बृद्धि गरेपछि आसपास सहित विभिन्न क्षेत्रमा रहेका निजी विद्यालयबाट आफ्ना सन्तान छुटाएर लक्ष्मीमा भर्ना गरिरहेका छन ।
अभिभावक कल्पना लुहारले आफ्ना दुई सन्तानलाई निजी विद्यालयबाट छुटाएर लक्ष्मीमा भर्ना गरेको बताईन । उनले बोडिङ्ग स्कुलमा रटाउने मात्रै प्रवृति खाली अभिभावकबाट पैशा अशुल्ने भएकाले गुणस्तर भन्दा फेसन मात्रै भएकाले निजीबाट छुटाएर सरकारीमा भर्ना गरेको बताए ।
अर्का अभिभावक पदम रानाले पनि आफ्ना सन्तानलाई बोडिङ्गबाट छुटाएर लक्ष्मी माविमा भर्ना गरेको बताए । रानाले निजीबाट पैशा अशुल्ने तर गुणस्तरिय शिक्षा नदिने प्रवृति हावि भएकाले बोडिङ्गबाट छुटाएर लक्ष्मी माविमा भर्ना गरेको बताए ।
लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले चालु शैक्षिक सत्रमा बालविकासदेखि कक्षा १०सम्म १५० नयाँ विद्यार्थी भर्ना भएको बताए । प्रअ नाथले शैक्षिक स्तर बृद्धिसंगै अभिभावकको विश्वास र विद्यार्थीको रोजाईको विद्यालय बनिरहेको बताए । प्रअ नाथले जसरी भएपनि शैक्षिक गुणस्तर बृद्धि गर्दै विद्यार्थीलाई ज्ञान अभिबृद्धि गराउने संकल्प रहेको बताए ।
Dambar

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी