शुल्क बृद्धि गरेको भन्दै क्रान्तिकारीद्वारा महेन्द्रनगरका पाँच बोडिङ्गनिजी स्कुलमा तालाबन्दी

शुल्क बृद्धि गरेको भन्दै क्रान्तिकारीद्वारा महेन्द्रनगरका पाँच बोडिङ्गनिजी स्कुलमा तालाबन्दी

  • आइतवार, बैशाख १६, २०८१
  • डम्मर दत्त भट्ट

  • 6.2K
    SHARES

कञ्चनपुर, बैशाख १६ । चालु शैक्षिक सत्र ०८१ मा निजी विद्यालहरुले९बोडिङ्ग स्कुल०ले मनपरी शुल्क लिएको भन्दै अखिल क्रान्तिकारीले कञ्चनपुर महेन्द्रनगरका पाँच निजी विद्यालयमा तालाबन्दी गरेको छ ।
सत्ताधारी अखिल क्रान्तिकारीले महेन्द्रनगरका पाँच निजी विद्यालय९बोडिङ्ग स्कुल०मा तालाबन्दी गरेको हो । आइतबार अखिल क्रान्तिकारी कञ्चनपुरले गत बर्ष भन्दा बढि शुल्क लिएका बोडिङ्ग स्कुलहरुमा तालाबन्दी गरेको जनाएको छ ।

अखिल क्रान्तिकारीले शुल्क बृद्धि खारेजी गर्नुपर्ने, गत शैक्षिक सत्र ०८० कै शुल्क कायम हुनुपर्ने, पाठ्यपुस्तक परिर्वतन गर्न नहुने, गत बर्षकै पुस्तक हुनुपर्ने, विद्यार्थीबाट हरेक बर्ष भर्ना शुल्क लिन नहुने, विद्यालयले दिने न्यूनितम १० प्रतिशत छात्रबृति वितरणका लागि दिनुपर्ने सुचना सार्वजनिक गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारीले विद्यार्थी भर्ना अभियानकै क्रममा विद्यार्थीको हकहितका लागि उठान गरिएका बुँदा कार्यान्वयन नहुँदा जनज्योती मावि, सार्क एजुकेशन, आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी र ईन्टरनेशल स्कुलमा तालाबन्दी गरिएको बताए ।

क्रान्तिकारी संयोजक विष्टले निजी विद्यालयहरुले विद्यार्थी ओर्सानका लागि यातायात शुल्कमा समेत मनोमानी भएको, यातायात मापदण्ड पालना नगररे जोखिमयुक्त ओसारपोसार गर्ने गरेको भन्दै त्यसतर्फ ट्राफिक प्रहरीले ध्यान दिनुपर्नेमा जोडदिएका छन ।
क्रान्तिकारी गैर कानुनी विद्यार्थीलाई क्षमता बढि अध्ययन गराएको र शैक्षिक सरचना मापदण्ड समेत पुरा नगरेको विद्यालय बन्द गर्न शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ । क्रान्तिकारीद्वारा तालाबन्दी गरिएका विद्यालयहरुले भने शुल्क बृद्धि नगरिएको तर समान्य मात्रै बृद्धि भएको, पाठ्यपुुस्तक परिर्वतन नगरेको र मापदण्ड अनुरुप नै विद्यार्थी ओसार्ने काम भईरहेको जनाएका छन । उक्त निजी विद्यालयहरुले कानुन अनुरुप नै संचालन भएको दावि गरेका छन ।

जनज्योति माविका प्रिन्सिपल सुरेन्द्र जोशीले भर्ना बृद्धि नभई समान्य मात्रै बृद्धि गरेको बताए । उनले नियमावली अनुरुप शुल्क बृद्धि भएको बताए । ‘शुक्लको विषयमा मैले उहाँहरुलाई सम्झाउन खोज्दा खोज्दै तालाबन्दी गरेर गईहाले, ‘उनले भने, ‘यस बारेमा अब प्याब्सन, एन प्याब्सनसंग छलफल गरेर अघि बढछौँ ।’

ईन्टरनेशल स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले अघिल्लो शैक्षिक सत्र ०८० को तुलनामा अति समान्य मात्रै शुल्क बृद्धि गरिएको बताए । किताब परिर्वतन नभएको तर, अठराई पब्लिगेशनलाई पाठ्यक्रम विकास केन्द्रले कार्बाही गरेपनि मात्रै अग्रेजी विषयको पुस्तक परिर्वतन गरिएको बताए । विद्यालयमा विद्यार्थीलाई मर्का पर्ने गरेर शुल्क बृद्धि नभएको, मापदण्ड अनुरुपै विद्यालयले गुणस्तर शिक्षा प्रदान गरिएको प्रिन्सिपल भट्टले बताए । क्रान्तिकारीले विद्यालयमा गरेको तालाबन्दीका विषयमा छलफलका माध्यमबाट अघि बढ्ने विद्यालयले जनाएको छ । अखिल क्रान्तिकारीले कञ्चनपुरका अन्य निजी विद्यालयले भने गरेको शुल्क बृद्धिदेखि विभिन्न पब्लिगेशनबाट कमिसन खाएर किताब परिर्वतन जस्ता मापदण्ड गैर कानुनी कामकाज बिरुद्धमा थप विद्यालय बिरुद्धमा सघर्ष गरिने जनाएको छ । निजी विद्यालयले हरेक बर्ष बृद्धि गर्ने शुल्क, पाठ्यपुस्तक परिर्वतन, निश्चित पुस्तक तथा कपडा पसलबाट किताब, स्टेशनरी, युनिफम सहित शैक्षिक समाग्री खरिद गर्न लगाउने प्रवृतिले अभिभावक, विद्यार्थी हैरानी खेप्नु परेको भन्दै क्रान्तिकारीले अभिभावको ढाँटसेक्ने र विद्यार्थीलाई अनावश्यक बोझ नथप्न आब्हान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी