विदेशी पर्यटक हाम्रो मौलिक कला, संस्कृति र प्राकृतिक सौन्दर्यता नियाल्न नेपाल आउने हुन्ः मन्त्री तामाङ

विदेशी पर्यटक हाम्रो मौलिक कला, संस्कृति र प्राकृतिक सौन्दर्यता नियाल्न नेपाल आउने हुन्ः मन्त्री तामाङ

  • शनिबार, बैशाख १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

नुवाकोट, १५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले होमस्टे(घरबास)लाई कार्यक्रममा मात्रै सिमित नगरि ग्रामिण भिलेज होमस्टेको रुपमा स्थापित गर्न सके पर्यटन प्रवद्धनका लागि थप गन्तयको पहिचान गराउन सकिने बताउनुभएको छ । तारा गाँउ विकास समितिद्धारा आयोजित वाग्मती प्रदेश होमस्टे (घरबास) कार्यशाला गोष्ठी–२०८१ को शनिवार ककनीमा उद्घाटन गर्दै मन्त्री तामाङले होमस्टेले छरिएर रहेको नेपाली समाजको मौलिक संस्कृति, परम्परा, कलाको प्रवद्र्धन, संरक्षण र विकास गर्दै आर्थिक उपार्जन गर्न सकिने बताउनु भएको हो ।

राज्यले पर्याप्त रोजगारी सृजना गर्न नसक्दा बर्षमा लाखौ युवा जनशक्ति विदेश पलायन भईरहेको अवस्थामा यसलाई रोक्न र बेरोजगारी अन्त्य गर्दै होमस्टे सन्चालन गरेर गाँउलाई नै आर्थिक रुपले आत्मनिर्भर बनाउन सक्ने पनि मन्त्री तामाङले बताउनुभयो । बिदेशी पर्यटकलाई गाँउ घरमा रहेका मौलिक आवास खाना, र संस्कार सस्कृति देखिएर आकर्षण गर्नुपर्नेमा उहाँको जोेड छ । आधुनिकताको नाममा रिण गरेर रड र सिमेन्टकको प्रयोग गरि बनाईएका नयाँ संरचनाले बिदेशी पर्यटक भित्र्याउन सम्भव नभएको स्पष्ट पार्दै मन्त्री तामाङले पुरानो शैली र संरचनामा निर्माण भएका घरहरुमा होमस्टे सन्चालन गर्न उपर्युत्त हुने सुझाउनुभयो । धार्मिक र सांस्कृतिक पर्यटक पनि नेपालले लाखांैको संख्यामा भित्र्याउन सक्ने भन्दै उहाँले त्यसको उपयुक्त माध्यम होमस्टे भएको पनि धारणा राख्नुभयो । मन्त्री तामाङ्गले भन्नुभयो, “गाँउ घरमा छरिएर रहेका अमुल्य सम्पदाहरु भनेकै हाम्रो संस्कृति, परम्परा, कला ,प्राकृतिक सौन्दर्यता हो । यो धनी मुलुकका धनी पर्यटकका लागि बहुमुल्य हुने गर्छ । त्यसैले यसको रक्षा गरेर मौलिकता जोगाउन सके पर्यटक भित्र्याएर रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान हुन्छ ।”

बिदेशी पर्यटक आधुनिक विकास हेर्न नभएर नेपाल मा मौलिकता र प्राकृतिक सौदन्यताको आनन्द उठाउन आउने मन्त्री तामाङ्गको भनाई थियो । होमस्टे क्षेत्रको विकास र प्रवद्धनमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले पुराना कानुनको अध्ययन, आजको आवश्यक्ता अनुरुप संसोधन र निर्माणमा पहल गर्ने बताउनु भयो ।
साथै मन्त्री तामाङले ककनीमा अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र बनाउने पनि जानकारी दिनुभएको छ । त्यसका लागि काम समेत अगाडि बढिसकेको उहाँको भनाई छ । पिपिपि मोडेलबाट उक्त प्रदर्शनी केन्द्र बनाउने तयारी रहेको बताउदै उहाँले यो ककनीको मुहार परिवर्तन गर्नका लागि महत्वपुर्ण थालनी हुने दाबी गर्नुभयो । मन्त्री तामाङले ताँरा गाउँ विकास समितिलाई ककनीमा रहेको भौतिक संरचना र अचल सम्पतिको उच्चतम प्रयोग गरेर नाफा कमाउने गरि नयाँ योजना कार्यान्वयनमा ल्याउन सरकारले तयारी गरेकोले सोहि अनुरुप कार्य गर्न निर्देशन समेत दिनुभयो । ककनीमा रहेको रिसोर्टलाई व्यवस्थित र विस्तार गर्ने संकेत गर्दै मन्त्री तामाङले भन्नुभयो, “अव ताँरा गाँउले सन्चालन गरेका रिसोर्टले छिट्टै नाफा कमाएको देख्न सुन्न पाउँनुहुनेछ, तपाईहरु नआत्तिएर काम गर्नुहोस् ।” काठमाडौंबाट ककनी सम्म आईपुग्ने तीन पिप्ले देखि रानीपौंवा सम्मको सडकको समस्या पनि चाँडै हल हुने उहाँले बताउनु भयो । हाल उक्त सडक १ अर्व ३३ करोडको लागतमा स्तरउन्नती भईरहेको छ ।

कार्यक्रममा ताँरा गाउँ विकास समितिका अध्यक्ष सुरेश राज जोशीले विगतमा कोरोना लगायतका विभिन्न समस्याका कारण होमस्टे प्रवर्धनकालागि यस्ता कार्यशाला गोष्ठी गर्न नसकिएकोमा यस वर्षदेखि निरन्तरता दिएको बताउनुभयो । उहाँले दुई दिने कार्यशाला गोष्ठिले नेपालको होमस्टे पर्यटनमा देखिएका समस्या समाधानका लागि नीतिगत र कानुनी अप्ठ्याराहरु समाधान गर्न र सञ्चालनमा हुने कठिनाई समाधानका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै ताँरा गाँउ विकास समितिका सदस्य सचिव महेन्द्र थापाले ग्रामिण पर्यटनको क्षेत्रमा समितिले निरन्तर काम गर्दै आएकोमा होमस्टे क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । ग्रामिण पर्यटनको मेरुदण्डको रुपमा होमस्टेको विककास भएको पनि उहाँको भनाई थियो । समितिले पर्यटन पुर्वाधार सहितका अन्य कामलाई पनि निरन्तरता दिएको बताउदैँ सदस्यसचिव थापाले समितिले ककनी, नगरकोट, पोखरा लगायतका क्षेत्रमा पर्यटकलाई सहजीकरण गर्नका लागि रिसोट सन्चालन गर्नुका साथै आर्थिक सवलिकरण गर्न संघिय संसद सचिवालयमा क्यान्टिन( सिंहदरबार) समेत सन्चालन गरेको जानकारी दिनुभयो ।


त्यसैगरी होेमस्टे अभियान्त तीलक ढकालले कला, संस्कृति, मौलिकतालाई देखाएर समेत आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदेश्यले होमस्टे सन्चालनमा ल्याईएको बताउनु भयो । होमस्टे सन्चालन र विस्तारमा ताँरा गाउ विकास समितिको महत्वपुर्ण भुमिका रहेकोपनि उहाँले स्मरण गराउनु भयोे । ढकालले मौलिक तथा रैथाने खाना, कला, संस्कृति बिनाको होमस्टे सम्भव नै नभएको बताउनु भयो । सोहि अवसरमा उहाँले ककनीको डाँडाँमा फाइभस्टार होटल सन्चालन गरि सरकारी तवरमा हुने सेमिनार, गोष्ठि गर्न सके सरकारले बार्षिक अर्बौ रुपैया कमाउन सक्ने बताउनुभयो ।


कार्यक्रममा गाँउ पर्यटन प्रवर्धन मन्चका कोषध्यक्ष सकुन्तला देवककोटाले ग्रामिण जीवनयापनको स्तर माथि उठाएर आर्थिक उपार्जन गर्न होमस्टे प्रमुख क्षेत्र भएको बताउनु भयो । ओझेलमा परेका पर्यटकिय स्थलको पहिचान, प्रवद्र्धन र प्रचार गरि स्थानीय कला, संस्कृतिलाई विश्वसामु चिनाउन पनि होमस्टेलाई प्राथमिकतामा राख्दै नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिनेमा उहाँको जोड थियो ।

यसै गरि होमस्टे महांघका पूर्वअध्यक्ष भीम केसीले होमस्टेले गाँउ पर्यटनको नेतृत्व गरेको गरेको बताउनु भयो । उहाँले होमस्टे नै ग्रामिण र प्राकृतिक पर्यटनको खम्बा भएको बताउर्दै यसको सन्चालन कार्यबिधि नआउदा भने समस्या र चुनौति भोग्नु परिरहेको औल्याउनुभयो ।

कार्यक्रममा होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले होमस्टेको सन्चालन र विकासमा राज्यले प्राथमिकताका साथ हेर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै होमस्टे महासंघ बागमती प्रदेशका अध्यक्ष गोविन्द प्र. हुमागाईले शुरुवातमा १२५ वटा होमस्टे संचालनमा आाएकोमा हाल विभिन्न कानूनी प्रावधान तथा समस्याहरुका कारण ६० वटा मात्र संचालनमा रहेको जानकारी दिदैँ सरकारले भरखरै शुरु भएको होमस्टे व्यवसायलाई विकास र प्रवद्र्धन गर्न स्पष्ट कार्यविधि ल्याउन जरुरी रहेको औंल्याउनु भयो ।

समितिले सोहि अवसरमा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को कार्यक्रम अन्तरगत यस अघि वितरण गर्न बाकीँ रहेको पूर्व घोषित होमस्टे पुरस्कार समेत वितरण गरिएको थियो । जसअन्तरगत उत्कृष्ट होमस्टे पुरस्कार २०७६ बाट नाम्जे थुम्की सामुदायिक होमस्टे, धनकुटालाई प्रमाणपत्र सहित नगद एक लाख १० हजार रुपैया, प्रथम/द्वितिय/तृतिय उत्कृष्ट होमस्टेमा क्रमशः अयोध्यापुरी मध्यवर्ति सामुदायिक होमस्टे, चितवनलाई प्रथम उत्कृष्ट होमस्टे पुरस्कार प्रमाणपत्र सहित नगद एक लाख १० हजार, श्रीअन्तु डाँडा सामुदायिक होमस्टे, इलामलाई द्वितिय उत्कृष्ट होमस्टे पुरस्कार प्रमाणपत्र सहित नगद रु. ७५,१००, कालाबाङ्ग घरेडी सामुदायिक होमस्टे, कास्कीलाइ तृतिय उत्कृष्ट होमस्टे पुरस्कार प्रमाणपत्र सहित नगद रु. ५०,१०० पुरस्कार प्रदान गरिएकको थियो ।
दुई दिन सम्म चल्ने कार्यशाला गोष्ठीको पहिलो दिन शनिवार होमस्टे र पर्यटन कानून विषयक कार्यपत्र अधिवक्ता घनेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएकको थियो । डा. आलोक बाबु प्रसाईले आईतवारको सेसनमा दोस्रो दिन होमस्टे प्रवद्र्धनमा तारा गाउँ विकास समितिको भूमिका विषयक कार्यपत्र प्रस्तुत हुने छ ।
कार्यशालामा बागमती प्रदेशमा सन्चालित होमस्टे सन्चालकको सहभागिता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ