तारा गाउँ विकास समितिद्धारा बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठीको आयोजना, मन्त्री तामाङले उद्घाटन गर्ने

तारा गाउँ विकास समितिद्धारा बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठीको आयोजना, मन्त्री तामाङले उद्घाटन गर्ने

  • बुधबार, बैशाख १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, १२ वैशाख । तारा गाउँ विकास समितिले नेपालको ग्रामीण पर्यटनमा टेवा पुर्याउने उदेश्यले ‘बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठी २०८१’ को आयोजना गरेको छ । यहि वैशाख १५ र १६ गते नुवाकोटको ककनी स्थित तारा गाउँ रिसोर्ट होटलको आफ्नै सभाहलमा कार्यशालाको आयोजना गरिएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष सुरेश राज जोशीका अनुसार कार्यशाला गोष्ठीमा बागमती प्रदेशभित्र सञ्चालनरत सामुदायिक तथा निजी होमस्टेहरुबाट ७० जना प्रतिनिधि सहित अन्य पर्यवेक्षकको सहभागिता रहने छ । गोष्ठीमा होमस्टेसँग सम्बन्धित दुई वटा कार्यपत्र प्रस्तुत हुने छन् । पर्यटनविद् डा.आलोक बाबु प्रसाईले ‘होमस्टे प्रवर्द्धनमा तारा गाउँको भुमिका’ र पर्यटन कानूनविज्ञ अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठले ‘पर्यटन कानून’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने अध्यक्ष जोशीले जानकारी दिए । उक्त कार्यपत्रहरु माथि हुने बहस एवं छलफलबाट होमस्टे पर्यटन विकासका लागि योजना, नीति तथा रणनीति निर्माणमा सहयोग पुग्ने अपेक्षा समितिले लिएको छ ।
कार्यशाला गोष्ठीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले गर्नेछन् ।

सोहि अवसरमा यस अघि वितरण गर्न बाँकी रहेको तारा गाउँ विकास समितिको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को कार्यक्रम अन्तर्गतको पूर्व घोषित उत्कृष्ट होमस्टे पुरस्कार पनि प्रदान गरिने समितिले जनाएको छ । जसअन्तरगत उत्कृष्ट होमस्टे पुरस्कार २०७६ बाट नाम्जे थुम्की सामुदायिक होमस्टे, साँगुरीगढी नगरपालिका ६, धनकुटालाई सम्मान पत्र सहित नगद एक लाख १० हजार रुपैया र २०७७ सालको उत्कृष्ट होमस्टे पुरस्कार प्रथम, द्वितिय तथा तृतिय हुने क्रमशः अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे, चितवनलाई सम्मान पत्र सहित नगद एक लाख १० हजार रुपैया, अन्तु डाँडा सामुदायिक होमस्टे, सुर्योदय नगरपालिका, श्रीअन्तु, ईलामलाई सम्मान पत्र सहित नगद पचहत्तर हजार १ सय रुपैया र कालाबाङ्ग घरेडी सामुदायिक होमस्टे, पोखरा महा नगरपालिका २२, कास्कीलाई सम्मान पत्र सहित नगद पचाँस हजार १ सय रुपैया प्रदान गरिनेछ ।

बि.स. २०३४ सालमा विकास समिति ऐन २०१३ बमोजिम स्थापना भएको तारा गाउँ विकास समितिले नेपालको ग्रामिण पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआईरहेको छ । समितिलाई समय सापेक्ष वनाउने क्रममा तत्कालीन श्री ५ को सरकारवाट २०६१ सालमा पहिलो संशोधन भएको थियो । सोहि संशोधित गठन आदेशमा तोकिएको काम कर्तव्य बमोजिम नै समितिले ग्रामीण पर्यटनको क्षेत्रमा अध्ययन, अनुसन्धान, गोष्ठी, तालिम तथा पर्यटन गन्तव्य प्रवर्धन अन्तर्गत होटल तथा चमेनागृह सञ्चालन गदै आएको हो ।

पर्यटन मन्त्रालयले ‘होमस्टे कार्यविधि-२०६७’ जारी गरेपछि पछिल्लो समयमा तारा गाउँ विकास समितिले मुख्य गतिविधि मध्ये होमस्टे पर्यटन विस्तार तथा विकासमा केन्द्रित रहदैँ त्यसका लागि प्रचारात्मक तथा प्रबर्द्धनात्मक तालिम, स्थानीय सङ्ग्रहालय तथा सामुदायिक भवन निर्माणका लागि विउ पूँजीका रुपमा आर्थिक सहायतासँगै होमस्टे सञ्चालक, स्थानीय समुदाय, पर्यटन विज्ञ, विभिन्न संघ संस्था र सरोकारवाला निकायहरुको सक्रिय सहभागितामा राष्ट्रिय तथा प्रदेश स्तरीय कार्यशाला गोष्ठी, तालिम तथा अन्तक्रियामा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप यस वर्ष पनि बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठी २०८१को आयोजना गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ