कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

  • शनिबार, चैत्र १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

म्याग्दी, १७ चैत : जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले रु १३ लाख सहयोग जुटाएका छन् ।

आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो ।

विद्यालयका प्रअ केदार कार्कीले प्रवासमा रहेकाहरु मिलेर २० थान डेक्सटप कम्प्युटर सहयोग गरेको बताउनुभयो । “ग्रामीण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्न कम्प्युटर विज्ञान विषय पढाउने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो, “विदेशमा रहनुभएका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभचिन्तकले सहयोग रकम जुटाउनु भएको छ ।”

घनश्याम तिलिजा, लालबहादुर पाइजाका परिवारले शुक्रबार चार थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गर्नुभयो । १६ थान कम्प्युटर केही दिनमै विद्यालयमा ल्याउने तयारी छ । शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारले तीन थान डेक्सटप कम्प्युटरका लागि रु एक लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई रु दुई लाख नगदसहित चार थान भलिबल, बास्केटबल र एक थान भलिबलको नेट गरी कूल रु. दुई लाख ३६ हजार सहयोग गर्नुभएको छ ।

शिख मूलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाइजाको परिवारबाट एक थान डेक्सटप कम्प्युटर, आमा समूहलाई रु २० हजार, छात्राबासका लागि रु दश हजार गरी रु ९५ हजार सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा छात्राबास सुविधा प्रदान गरेको छ । हाल ३० जना विद्यार्थीले छात्राबासको सुविधा लिएका छन् । प्रदेश सरकारले प्रतिविद्यार्थी दैनिक रु ६५ का दरले आवासीय विद्यार्थीलाई सहयोग गरेको छ । अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको छ । विद्यालयमा एक सय ६७ विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी