यस वर्षको एसईई परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेबाट परीक्षा शुरु भएको हो । परीक्षा २७ चैत्र सम्म हुनेछ । यो वर्षको एसईईमा ५ लाख चार हजार ४१४ जना बिद्यार्थी सहभागी भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।
आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भईरहेको छ। एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline