भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह

भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह

  • बुधबार, चैत्र १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १४ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गर्नुभएको छ । उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो । ती विद्यालयका प्राचार्यहरुसंग आज मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले भन्नुभयो “ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनु प¥यो भनेर दबाब दिइरहनुभएको छ । उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे , विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ ।”

छलफलमा तीनवटै विद्यालयका प्राचार्यले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए । मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गर्नुभयो । “पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ ।” मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीनवटै विद्यालयका प्राचार्यलाई अनुरोध गर्नुभएको थियो ।

छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघिदेखि नै गोलाप्रथाबाट भर्ना लिने गरेको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तक्र्रियाका आधारमा भर्ना लिइएको र बूढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरेको जानकारी दिएका थिए । मन्त्री श्रेष्ठले गोलाप्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन आग्रह गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी