अबदेखि अनलाइनबाटै पटके रुट इजाजतको भुक्तानी हुने, यस्तो छ प्रक्रिया(भिडियोसहित)

अबदेखि अनलाइनबाटै पटके रुट इजाजतको भुक्तानी हुने, यस्तो छ प्रक्रिया(भिडियोसहित)

  • मङ्लबार, चैत्र १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौँ, १३ चैत । अबदेखि अनलाइनबाटै अस्थायी बाटो इजाजत पत्र पटकेको भुक्तानी हुने भएको छ। मंगलबार बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुरबाट अनलाइन पटके भुक्तानी सेवाको सुरुआत घोषणा गर्नुभयो ।

वाग्मती प्रदेशअन्तर्गतका सबै यातायात कार्यालयबाट घरमै बसेर सेवाग्राहीले अस्थायी बाटो इजाजत पटकेका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको हो। अब व्यावसायीले पटके रुट इजाजतको भुक्तानी गर्न कार्यालय नै पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अनलाइन पटके भुक्तानी सेवाको सुरुवात गर्दै मन्त्री लम्सालले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरू वर्षौंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटबाट मुक्त हुने बताउनु भयो ।

‘अनलाइनमार्फत भुक्तानी हुने भएपछी सेवाग्राहीहरुलाई सहज हुने छ,’ उहाँले भन्नुभयो, ‘अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही यातायात व्यवस्था कार्यालय पुग्नु पर्ने अबस्थाको अन्त्य गर्न र यातायात व्यवस्था सेवा कार्यालयलाई डिजिटलाइजेसन गर्न ६,७ महिना अगाडिदेखि काम थालिएकोमा अबदेखि घरबाट नै सेवाग्राहीले सेवा पाउने छन् ।’

यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीमैत्री, पारदर्शी, व्यवस्थित र विशेषगरी रातिको समयमा पटके इजाजतको सेवा लिने र दिने बीच मानवीय दृष्टिले पनि सहज नहुने अवस्थामा अनलाइनले सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो हुने मन्त्री लम्सालको भनाइ छ । ‘अब घरमै बसेर सेवाग्राहीले अस्थायी बाटो इजाजत पटकेका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको छ, यसमा थप केहि जटिलता र समस्या आएमा त्यसलाइ सुधार र थप व्यावहारिक बनाउदैँ लैजानेछौ,’ उहाँले भन्नुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनलाइनबाट पटकेको भुक्तानी गर्न पाउने भएपछि कार्यालयमा भिड कम हुने र सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बताउनु भयो । साथै उहाँले बिचौलीयामुक्त हुने, ग्राहकले सरल र सहज उपयोग गर्न पाउने अवस्था अनलाईन प्रणालीले ल्याउने हुँदा यसको कायान्वयनमा बढी ध्यान दिन पनि आगह गर्नुभयो ।

मन्त्रालयका सचिव बलराम निरौलाले अब गाडिमा हिडदा हिड्दै जुनसुकै अवस्थामा अनलाइनबाटै पटके रुट इजाजत लिन सकिने भएकाले कार्यालय आउनुपर्ने समस्याबाट व्यावसायीले मुक्ति पाएको बताउनु भयो । यसमा केहि समस्या आए समाधान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यसैगरी उपत्यका ट्राफिक कार्यालयका महाशाखा प्रमुख प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेलले सहज ढंगले कर तिर्न पाउने जनताको अधिकार भएको बताउनुभयो। उहाँले यातायात कायालयले सुरु गरेको यो प्राणाली कार्यन्वयनका लागि नेपाल प्रहरीर ट्राफिक प्रहरीले सहकार्य गरे अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । साथैउहाँले रुट परमिट परिमार्जन गन आवश्यक रहेको पनि औल्याउनुभएको थियो ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुखहरू डण्ड बस्नेत, नेत्र भट्टराई, बिमलप्रसाद भट्टराई, शिवप्रसाद निरौला, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायत यातायात सम्बद्ध व्यवसायी संघ संगठनका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो।

अनलाइन प्रणाली मार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटो इजाजत पटके लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्ने र सोबापतको बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्ने जनाइएको छ ।

यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको अस्थायी पटके इजाजत सेवालाई मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मार्फत जारी हुने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।


कार्यक्रममा अनलाई भुक्तानी प्रणलीका बारेमा सुदिप फुयालले प्रस्तुती दिएका थिए भने स्वागत मन्तब्य यातायात व्यवस्था कार्यालय सानाठुला सवारी एकान्तकुनाका प्रमुख हरिहर पोखरेलले तथा सन्चालन प्रकाश अधिकारीले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी