त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारीस

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारीस

  • आइतवार, फाल्गुन ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो ।

उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरिएको सिफारिस समितिकी सदस्य चन्द्रकला घिमिरेले जानकारी दिइन् । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।

तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो ।

त्यस पछि आज अन्तवार्ताका क्रममा अन्य ११ जनालाई पछि पार्दै तीन जनाको नाम अघि आएको छ । अब यीनै तीन जना मध्य अन्तिममा एक जना विश्व विद्यालयको उपकुलपति हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी