नेपाल शिक्षक संघको २५ औं प्रतिनिधि सभा सम्पन्नः शैक्षिक सुधारका लागि पालिका स्तरमा कार्यक्रम गर्ने निर्णय

नेपाल शिक्षक संघको २५ औं प्रतिनिधि सभा सम्पन्नः शैक्षिक सुधारका लागि पालिका स्तरमा कार्यक्रम गर्ने निर्णय

  • आइतवार, माघ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

दाङ, माघ २८ । नेपाल शिक्षक संघ दाङको २५ औं प्रतिनिधि सभा घोराहीमा सम्पन्न भएको छ । संघको बिधान अनुसार माघ महिनाभित्र प्रतिनिधि सभा सम्पन्न गर्नुपर्ने ब्यवस्था अनुसार प्रतिनिधि सभा गरिएको हो ।

प्रतिनिधि सभाले दाङका दश वटै पालिकामा शिक्षकको पेशागत बिकासका लागि आइसीटि तालिम सञ्चालन गर्ने, संघका आवद्ध महिला प्रधानाध्यापकको सञ्जाल तयार गरी पेशागत दक्षता बृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने, समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्दै महिला शिक्षकका लागि नेतृत्व क्षमता बिकास तालिम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई लक्षित गरिर पालिकाहरुका साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्ष र वडा अध्यक्षसँग सम्युक्त रुपमा शैक्षिक सुधारका लागि अन्र्तक्रिया र छलफल गर्ने लगायतका निर्णय गरेको छ ।

नेपाल शिक्षक संघ दाङमा हाल १ हजार ९ सय ३९ सदस्य रहेको नेपाल शिक्षक संघले जनाएको छ । कार्यक्रममा पालिका स्तरमा उत्कृष्ट कार्य गरे वापत शिक्षक संघ स्थानीय कार्य समिति राप्ति गाउँपालिकालाई सम्मान गरिएको थियो । यसैगरी नेपाल शिक्षक संघका सदस्यहरुलाई परेको कानुनी अप्ठयारोमा कानुनी सहायता गर्नुहुने प्रजातान्त्रिक कानुन ब्यावसायि संघ दाङका घोराही र तुल्सीपुर शाखा र सदस्यहरुलाई सम्मान गरिएको थियो ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डाँगीको सभापतित्व एंव नेपाली काग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सभापति डाँगीले शिक्षा क्षेत्रको बिकासका लागि संस्कारयुक्त शिक्षामा जोड दिदै अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षीय सम्वन्ध सुधार गर्न सके शिक्षाको उन्नती हुने बताउनुभयो । साथै उहाँले लोकतन्त्रको जर्गेना, समाजको उन्नतीका लागि शिक्षकहरुले अगुवाको भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा अझ सशक्त ढंगले लाग्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाले संघका जिल्ला सचिव सूर्यबहादुर बस्नेतले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन, सचिव अर्थ निशान्त आचार्यले प्रस्तुत गर्नु आर्थिक प्रतिवेदन र जिल्ला सह—सचिव एंव महिला बिभागका सचिव लक्ष्मी न्यौपानेले प्रस्तुत गर्नु भएको महिला प्रतिवेदनमाथि छलफल गरि पारित गरेको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि संघका पूर्व केन्द्रीय उपाध्यक्ष अमरबहादुर खड्का, संघका केन्द्रीय सदस्य अर्जुनकुमार तिवारी, लुम्विनी प्रदेश उपाध्यक्ष रमेशकुमार पाण्डेय, नेपाली काग्रेस दाङ क्षेत्र नं २ का सभापति भिमप्रकाश खड्का हुनुहुन्थ्यो । कार्यक्रममा बोल्ने बक्ताहरुले समाजका हरेक क्षेत्रको अगुवाई शिक्षकले गरेको भन्दै समाजलाई सहि दिशाबोध गर्ने कार्यमा लाग्नुमा जोड दिएका छन ।

नेपाल शिक्षक संघ दाङका उपाध्याक्ष दामबहादुर बिसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संघका पूर्व उपमहासचिव शुशीला सुवेदी, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष युवराज बस्नेत, संघका पूर्व अध्यक्ष शंकरदिवस मज्गैया र कुमुद पोख्रेल, सल्लाहकार जितबहादुर थापा, प्रजातान्त्रिक कानुन ब्यावसायि संघ दाङका अध्यक्ष कुमारराज श्रेष्ठ, तुल्सीपुरका अध्यक्ष शालिकराम रेग्मी, बरिष्ठ अधिवक्ता दिपकराज रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष बिजय अधिकारी, अखिल नेपाल शिक्षक संघका अध्यक्ष रुमाल बसेल, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष इश्वरी प्रसाद पाण्डेय लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव सूर्यबहादुर बस्नेतले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी