कोशीमा नव नियुक्त मन्त्रीहरूले लिए सपथ

कोशीमा नव नियुक्त मन्त्रीहरूले लिए सपथ

  • शुक्रबार, माघ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कोशीका नव नियुक्त मत्रीहरूले सपथ ग्रहण गरेका छन्। शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष नवज नियुक्त चार मन्त्रीले र मुख्यमन्त्री केदार कार्की समक्ष दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन्।

शुक्रबार ४ मन्त्री र २ राज्य मन्त्री थपिएसँगै कोशीमा १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ। शुक्रबार मुख्यमन्त्री केदार कार्कीले स्वास्थ्य मन्त्रीमा काँग्रेसका प्रदिप सनुवार, सामाजिक विकास मन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा काँग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई नियुक्त गरेका थिए। उनले दुई जना काँग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन्।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन्। यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसकेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ