सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूलद्धारा कल्चरल फुड फेस्टिबल, परिकारहरु खाएर अतिथिहरुले गरे प्रशंसा

सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूलद्धारा कल्चरल फुड फेस्टिबल, परिकारहरु खाएर अतिथिहरुले गरे प्रशंसा

  • बुधबार, माघ २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

वीरगंज । सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूल (एसईसि+टु म्यानेजमेन्ट)ले बुधवार कल्चरल फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा रहेको सो स्कूलको कक्षा ११ मा अध्ययनरत्त विद्यार्थीहरुले स्कूल परिसरमा स्टलहरु बनाई विभिन्न प्रकारका स्थानिय तथा नेपाली खाना र खाजाका परिकारहरु बनाई विक्रि वितरण गरेका थिए ।
स्कूलका प्रिन्सिपल आलोक चौरसियाको सभापतित्वमा सम्पन्न सो फेस्टिबलको प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले रिबन काटेर उदघाटन गरेका थिए । सो अवसरमा जिवन ज्योति स्कूलका शिव गुप्ता, साउथजोन स्कूलका सरोज चौधरी, अशोक संग्रौला, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव लगायतका अतिथिहरुले विद्यार्थीहरुले बनाएको परिकारहरु खाएर विद्यार्थीहरुको मेहनत र लगनको खुलेरै प्रशंसा गरेका थिए ।

सो फेस्टिबलमा भाजा पकौडी, पानीपुरी, चाट, सेल रोटी, चाय, घोंङ्गी, चिप्स पकौडा, नेपाली अचार, मोमो, चिकेन पिजा लगायतका करिब एक दर्जन स्टलहरु रहेको स्कूलका शिक्षक राजन चौरसियाले बताए । पढाईका साथै कसरी व्यवसाय गरेर कमाउन सकिन्छ भनि उदेश्यका साथ सो फुड फेस्टिबल आयोजना गरिएको शिक्षक चौरसियाले बताए ।
सो अवसरमा स्कूलका बोर्ड सदस्यहरु उमेश साह, बिजय चौरसिया, दिनेश साह, धनन्जय चौरसिया, राजेश साह, मनोज प्रसाद, शिवम साह लगायत शिक्षक, शिक्षिका, अभिभावक, सञ्चारकर्मी एवं विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी