सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरोकार समितिको निर्देशन

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरोकार समितिको निर्देशन

  • मङ्लबार, माघ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, २३ माघ : राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकार र अन्तरमन्त्रालय समन्वय बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीयताको कार्यान्वयनका लागि सातै प्रदेशका सम्बन्धित निकाय र विज्ञसँगको छलफलका आधारमा तयार गरिएको अध्ययन प्रतिवेदनलाई समितिको आजको बैठकमा समीक्षापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिइएको हो । समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले सङ्घ, प्रदेश, स्थानीय तहबीचको अधिकार र कार्य क्षेत्रका विषयमा बन्नुपर्ने कानुन र संरचना निर्माण हुन बाँकी भए आपसी समन्वयका आधारमा चाँडो बन्नुपर्ने भनी सरकारलाई सुझाव र निर्देशन दिइएको जानकारी दिनुभयो ।

सभापति रावलले संंिवधानमा व्यवस्था भएका राष्ट्रिय समन्वय परिषद्, प्रदेश समन्वय परिषद्, प्रदेश र स्थानीय तहसँग जोडिएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विषयगत समिति, सरकारका अन्तरमन्त्रालयका समन्वय प्रभावकारी नभएको अध्ययनमा पाइएको बताउनुभयो । उहाँले बुधबार बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकमा साझा अधिकारको सूचीमा रहेका विषय निजामती कर्मचारी व्यवस्थापन, प्रदेशमा प्रहरीको समायोजनका विषयमा ठोस निर्णय हुनुपर्ने सुभाव पनि दिएको जानकारी दिनुभयो ।

समितिले मुलुकको आवश्यकतालाई पहिचान गरी योजनाको प्राथमिकीकरण, अनावश्यक प्रभाव र पहुँच रोक्न, स्पष्ट मापदण्डका आधारमा मात्रै योजना र बजेट तर्जुमा र अनुगमन गर्न, वित्तीय सङ्घीयता कार्यान्वयनको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देश गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ