राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले दावी गर्ने

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले दावी गर्ने

  • मङ्लबार, माघ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

२३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ ।

सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादीका मुख्य सचेतक हितराज पाण्डेका अनुसार संसदीय दलको बैठकमा सोमबार १६ जना र मंगलबार ८ जना सांसदले धारणा राखेका थिए । अधिकांशले राष्ट्रिय सभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने बताएका छन् ।

बैठकमा सांसदहरुले माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएको भन्दै आलोपालो प्रधानमन्त्री गरेमा माओवादी केन्द्रको उपस्थिति संवैधानिक परिषदमा नरहने विषय स्मरण गरेका छन् ।

साथै, राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादीको उम्मेदवार पराजित हुन पुगेको र त्यसमा कांग्रेसभित्रको अन्तरविरोध कारण रहेको उल्लेख गर्दै यस घटनाका आधारमा पनि माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने निचोडमा पुगेता पनि औपचारिक निर्णय भने गर्न बाँकी छ ।

स्रोतका अनुसार प्रचण्डसँग शान्ति सम्झौतादेखि नै निरन्तर बलियो सम्बन्ध रहेका काँग्रेस नेता कृष्ण सिटौला पनि राष्ट्रिय सभाको आकांक्षी छन् । काँग्रेस भित्र तेस्रो धार जन्माएका सिटौला झापा ३ बाट प्रतिनिधि सभामा राप्रपाका राजेन्द्र लिग्देनसँग पराजित भएका थिए ।

त्यसपछि राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी देउवाले उनलाई कोशी प्रदेशबाट राष्ट्रिय सभामा पुर्याएका हुन् ।

माओवादीको दावीले उनको आकांक्षामाथि प्रभाव पार्न सक्छ । तर अन्तिममा प्रचण्ड र देउवाले नयाँ समझदारी गर्न सक्ने नेताहरुको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ