पूर्व राजा ज्ञानेन्द्र शाहले पार्टी खोल्ने आधार बनाउन खोजेका होलान् : ओली

पूर्व राजा ज्ञानेन्द्र शाहले पार्टी खोल्ने आधार बनाउन खोजेका होलान् : ओली

  • सोमवार, माघ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

धनुषा, माघ २२ गते । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेकपा एमाले महोत्तरी जिल्ला सम्मेलनको उद्घाटनको लागि सोमबार जनकपुरधाम पुगेका अध्यक्ष ओलीले जनकपुरधाम विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै संघीय सरकारको कामकारवाहीले संघीयता अप्ठयारोमा पर्न लागेको र जनताबाट विभिन्न खालका प्रश्नहरु उठ्न थालेको भन्दै अहिले प्रश्न उठाउनुभन्दा संघीयतालाई सफल बनाउने बेला भएको बताए।

संघीयता आएपछि देशमा राम्ररी काम भएन, जनताले सेवा पाएन, विकास निमार्णका कामहरु भएन जस्ता प्रश्नहरु उठ्न थालेको छ । त्यसैले संविधान तहत आएको संघीयतालाई हामी सबैले सफल पार्नुपर्छ । ओलीले भने । अध्यक्ष ओलीले प्रदेशहरुले पाएका अधिकारलाई ठिक ढंगले कार्यान्वयन गर्नुपर्ने भन्दै संघीयता कार्यान्वयनमा संघ सरकार उदासिन रहेको कुरा अफवाह मात्रै भएको बताए।

उनले गठबन्धनको सरकारले देशलाई आफ्नै हो भनेर वेठिक कामहरु गरिरहेकोले सरकारको कामकाज टिप्पणी गर्ने लायक नभएको बताए ।

यसै गरी ओलीले नमिलेका बिषयहरु मिलाएर हिंशा फेरी नदोहोरीने गरी टिआरसी विधेयकमा सहमति गर्नु पर्ने बताए ।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताएका छन् ।

आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ