एमालेका अगाडीको सिटमा बस्ने सांसदले आफ्नो दायित्व पूरा गर्न ओलीको निर्देशन

एमालेका अगाडीको सिटमा बस्ने सांसदले आफ्नो दायित्व पूरा गर्न ओलीको निर्देशन

  • शनिबार, माघ २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को अगाडिको सिटमा बस्ने पार्टीका सांसदहरूलाई आफ्नो दायित्व पूरा गर्न निर्देशन दिएका छन् । आज नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले अगाडिको लहरमा बस्ने सांसदहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् ।

उनले भने–‘अगाडिको सिटमा बस्ने सांसदहरूले लिड गर्नुपर्छ । समसामयीक राजनीतिक विषयमा हात उठाउनुपर्छ र बोल्नुपर्छ । अरू साथीहरूलाई यस विषयमा बोल्नुस् भन्नुपर्छ । अगाडिको सिटमा हुने साथीहरूले प्रमुख सचेतक, सचेतकहरूलाई पनि गाइड गर्नुपर्छ । प्रमुख सचेतक र सचेतकले विभिन्न विषयमा साथीहरूलाई विषय बाँडी बाँडी बोल्न दिनुपर्छ । तपाईंहरू आफ्नो समितिगत विषयका आधारमा बोल्नुस् । तपाई कुन समितिमा हुनुहुन्छ, त्यो समितिको विषयबस्तु बुझ्नुभएको छैन भने बुझेको समितिमा सर्नुस् । परराष्ट्र समितिमा यस्तो साथीहरू बस्नुस् जो अङ्ग्रेजी राम्रोसँग जान्नुहुन्छ ।’

उनले आफूले बुझेको विषय अनुसार संसदीय समितिमा बस्न आग्रह गर्दै भूमिका निभाउन आग्रह गरे ।

माघ २२ देखि संसद शुरु हुन लागेका बेला संसदीय दलको बैठक बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताए।

गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्ममात्रै भएको उनले बताए। ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउँदै रामग्राम परियोजना निजी कम्पनीलाई दिँदा ठूलो भ्रष्टाचार भएको उनले बताए। अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप पनि लगाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ