काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन्। शुक्रबार काठमाडौंमा बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गैरकानुनी, वेतिथीसँग चल्ने अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन्।
उनले सरकारकै कारण राजनीतिक, सांस्कृतिक,आर्थिक र सामाजिक क्षेत्र नै तहसनहस भएको दावी गरे।
रेडक्रस,गैर आवासीय नेपाल संघ लगायतका संस्थामा समेत गठबन्धन सरकारले हस्तक्षेप गरेको उनको भनाइ छ। अध्यक्ष ओलीले बित्तिय संस्थाहरुले एकलौटीरूपमा व्याज बढाएर ऋणीहरुलाई समस्यामा पारेको उल्लेख गरे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline