एनसेल प्रकरणको छानविन प्रतिवेदन सरकारलाई बुझाईदै

एनसेल प्रकरणको छानविन प्रतिवेदन सरकारलाई बुझाईदै

  • सोमवार, माघ १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न गत मंसिर २१ गते गठन गरेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदैछ।

मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाउन लागेको हो।

करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन लागिएको समितिका संयोजक एवम् पूर्व महालेखापरीक्षक टंकमणि शर्माले  बताए।

‘हाम्रो प्रतिवेदन तयार भएको छ’, शर्माले भने, ‘हामी सोमबार नै प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छौँ।’ शर्मा संयोजक रहेको समितिका सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए।

सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद(बिक्रीमा चलखेल गरिएको भन्दै असन्तुष्टि जनाएको सरकारले समिति बनाएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी