त्रिवि उपकुलपतिका लागि ४३ जनाकाे आवेदन

त्रिवि उपकुलपतिका लागि ४३ जनाकाे आवेदन

  • मङ्लबार, माघ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, माघ ९ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकाङ्क्षा राख्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन् ।

उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले पनि दरखास्त दिनुभएको छ । त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेलले पनि उपकुलपतिका लागि दरखास्त दिनुभएको छ ।

सङ्गीता रायमाझी, सञ्जय आचार्य, प्राडा टङ्कनाथ धमला, प्राडा आनन्दवल्लभ जोशी, प्राडा अक्कलजेव मिश्र, प्राडा ऋदिशकुमार पोखरेल, नारायणप्रसाद पाठक, प्राडा ज्ञानेन्द्रप्रसाद पौडेल, डा. विनयकुमार झा, डा. शुभनारायण पाठक, प्राडा महानन्द चालिसे, सूर्यबहादुर थापा, प्राडा भोजराज अर्याललगायतले पनि दरखास्त दिनुभएको मन्त्रालयले जनाएको छ ।

दरखास्त दिने अन्यमा भीमसेन देवकोटा, प्राडा वेदनाथ शर्मा, प्राडा नारायणप्रसाद बेल्बासे, प्राडा हेमराज शर्मा, प्राडा प्रकाश घिमिरे (काठमाडौँ), प्राडा प्रकाश घिमिरे (गोरखा), डा. रामचन्द्र बस्नेत, प्राडा केदारनाथ घिमिरे, प्राडा महेन्द्रप्रसाद शर्मा, प्राडा विनोद पराजुली, प्राडा देवबहादुर खड्का, प्राडा कृष्णराज तिवारी, प्राडा गोविन्द सुवेदी, प्राडा नवराज देवकोटा, बालमुकुन्द रेग्मी, प्राडा रामप्रसाद रेग्मी, प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा त्रिरत्न बज्राचार्य, प्राडा एकराज ओझा र प्राडा प्रमोदकुमार झा हुनुहुन्छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । उपकुलपतिका लागि समितिले पहिलो पटक गत पुस २० गते दरखास्त आह्वान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी