योग्यताको मापदण्डमा विवादपछि प्रधानमन्त्रीको निर्देशनसँगै रद्ध भयो त्रिविको उपकुलपतिको विज्ञापन

योग्यताको मापदण्डमा विवादपछि प्रधानमन्त्रीको निर्देशनसँगै रद्ध भयो त्रिविको उपकुलपतिको विज्ञापन

  • आइतवार, पुस २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

त्रिभुवन विश्वविद्यालयले उपकुलपति छनोटका लागि गएको शुक्रबार आह्वान गरेको दरखास्त रद्द गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै पुस २० गते सार्वजनिक गरेको आफ्नै सूचना रद्द गरिएको जनाएको हो।

पहिलोपटक खुला प्रतिष्पर्धा मार्फत् उपकुलपति नियुक्त गर्न लागेको त्रिविले सार्वजनिक गरेको सूचनाको व्यहोराको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले सूचना रद्द गर्न निर्देशन दिएका थिए।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेको प्रधामन्त्री प्रचण्डले विभिन्न स्थानमा मन्तव्य दिँदा अब त्रिविको उपकुलपति प्रतिस्पर्धाको आधारमा नियुक्त्त गर्ने घोषणा गरेका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको थियो।

तर, शुक्रबार जारी गरिएको सूचनामा उम्मेदवारले दिने दरखास्तमा पेस गर्नुपर्ने कागजातको (ङ) नम्बर बुँदाप्रति धेरैले आपत्ति जनाएका थिए। जसले खुला खुला प्रतिस्पर्धालाई ढंगले निषेध गरेको थियो।
प्रधानमन्त्रीले गरेको घोषणाअनुसारको सूचना नआएपछि त्रिविको आलोचना भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी