सर्लाहीमा कर्फ्यु उलंघन गर्दै बिहानैदेखि प्रदर्शन

सर्लाहीमा कर्फ्यु उलंघन गर्दै बिहानैदेखि प्रदर्शन

  • शनिबार, पुस २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाए पनि त्यसको उलंघन गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् ।
स्थानीय अस्पतालको स्तरोन्नतीको विषयलाई लिएर शुक्रबार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि बरहथवा नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो।

शनिबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यु शनिबार पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ।

शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको शव परिवारले बुझ्न मानेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ