पर्यटन क्षेत्र लयमा : २०२३ भित्र १० लाख बढी विदेशी पर्यटकको आगमन

पर्यटन क्षेत्र लयमा : २०२३ भित्र १० लाख बढी विदेशी पर्यटकको आगमन

  • बिहिबार, पुस १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

कोरोना महामारी र विभिन्न कारणले शिथिल बनेको नेपालको पर्यटन क्षेत्रले लय समातेको छ । सरकारले राखेको लक्ष्य अनुरुप नै सन् २०२३ मा नेपालमा १० लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । १ जनवरीदेखि २७ डिसेम्बर २०२३ सम्मको तथ्यांक अनुसार १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिएका छन् । यो गत वर्षको भन्दा चार लाख बढी हो । २०२२ मा ६ लाख बढी विदेशी पर्यटक भित्रिएका थिए ।

कोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

सन् २०२३ सकिन अझै केही दिन बाँकी रहेकाले केही पर्यटक अझै थपिन सक्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेटमै सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १० लाख पुर्‍याउने घोषणा गरेका थिए । आगामी वर्ष कुनै महामारी वा विश्वव्यापी संकट नआए पर्यटक आगमन अझ बृद्धि हुने अपेक्षा गरिएको छ ।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्ष पर्यटक आगमन थप बृद्धि गर्दै दोब्बर बनाउने लक्ष्य रहेको घोषणा गरेका थिए ।

विगतमा जस्तै सन् २०२३ मा पनि खुला सीमा रहेको छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डको तथ्यांकअनुसार तीन लाख १३ हजार नौ सय एक पर्यटक भारतीय छन् ।

त्यस्तै, अमेरिकाबाट ९९ हजार तीन सय २६ र चीनबाट ५९ हजार पाँच सय ८३ पर्यटक भित्रिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी