काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमवार दीक्षान्त समारोहमा सहभागी भएलगत्तै सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन विशेष आव्हान गरेका छन् ।
उनले भने, ‘आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु।’
उनले दीक्षान्त समारोहले विश्व इतिहासमै नयाँ रेकर्ड बनाएको बताए ।