प्रभुुचेला : खर्कबाट पर्यटकीय गन्तव्य

प्रभुुचेला : खर्कबाट पर्यटकीय गन्तव्य

  • शुक्रबार, मंसिर १, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

म्याग्दी, १ मङ्सिर : म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो ।

ऐतिहासिक धार्मिकस्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताउनुुभयो ।

“जङ्गलको बीचमा रहेको समथर प्रभुुचेलाको धार्मिक महत्व नभुुझेर यहाँ पहिले हामीले गोठ राख्ने गरेका थियौँ”, उहाँले भन्नुुभयो, “परापूर्वकालमा ऋषिमुुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको दुुई वर्षअघिको अध्ययनबाट तथ्य पहिचान भएपछि संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा जुुटेका छौँ ।”

समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । ऋषिमुनि तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुुरमन गर्बुुजाले बताउनुुभयो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।

प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुिन आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो ।

मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुुभयो । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनुभएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनःनिर्माण गर्नुभएको छ ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनुभएको छ । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।

प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रु ५० लाख विनियोजन गरेको छ । बिम मालिका सङ्घले करिब रु २५ लाख जुुटाएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी