ईजरायललाई गोप्य सूचना दिएको भन्दै कतारमा ८ पूर्व भारतीय सैनिक अधिकारीलाई मृत्युदण्डको फैसला

ईजरायललाई गोप्य सूचना दिएको भन्दै कतारमा ८ पूर्व भारतीय सैनिक अधिकारीलाई मृत्युदण्डको फैसला

  • शुक्रबार, कार्तिक १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ कार्तिक १० । कतारमा पक्राउ परेका भारतका ८ पूर्वसैनिक अधिकारीलाई त्यहाँको एउटा अदालतले मृत्युदण्ड फैसला सुनाएको छ । २०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि अभियोग आधिकारीक रुपमा सार्वजनिक नभए पनि उनीहरुले ईजरायललाई सूचना दिएको आरोप लागेको बताईएको छ ।

उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र यस विषयमा सबै कानुनी विकल्पहरु खोज्ने जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरू अल दाहरा कम्पनीमा कार्यरत थिए । सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी