काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् । प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको छ ।
सीसीटीभीका अनुसार उनलाई स्थानीय समय अनुसार बिहीबार मध्यरातमा हृदयघात भएको थियो ।
उनी चिनियाँ कम्युनिस्ट पार्टी ुसीसीपीुको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् । उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो । २०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline