एजेन्सी कार्तिक ७ । हमासले ईजरायलमाथि आक्रमण गरेको बदलामा ईजरायलले प्यालेष्टाईनको गाजामा बमजारी जारी राखेको छ । अस्पताल, शिविरि, मस्जिद, सर्वसाधारणका घरमा ईजरायली सेनाले हवाई आक्रमण जारी राख्दा सोमबार मात्रै सँयौ नागरिकको ज्यान गएको छ ।
संसारभर ईजरायली आक्रमणको बिरुद्ध प्रदर्शन भईरहेपनि अमेरीका, बेलायत, फ्रान्स लगायतका मुलुकको समर्थृन पाएको ईजरायलले गाजामा सर्वसाधारणको आम हत्या जारी राखेको छ ।
हमास बिरुद्ध कार्बाहीको नाममा लाखौँ नागरिकलाई विस्थापित हुन बाध्य पारिएको छ ।
यसैबीच रेडक्रसको मध्यस्थतामा हमासले ईजरायली दुई बृद्ध महिलालाई रिहा गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline