माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुईज्जले देश भित्रबाट सबै भारतीय सेना फिर्ता गराउने घोषणा गरेका छन् । उनले निर्वाचनका बेला नै यो प्रतिवद्धता जनाएका थिए । उनले नोभमेम्बरबाट पद सम्हाल्नु अघि नै यस्तो घोषणा गरेका हुन् ।
उनलाई भेट्न पुगेका भारतीय राजदुतलाई उनले भारतको कुनै पनि सेना माल्दिभ्सको क्षेत्रमा रहन नहुने स्पष्ट पारेर पठाएको बताएका छन् ।
मुईज्ज चीन निकट राष्ट्रपतिका रुपमा चिनिन्छन् । माल्दिभ्स हिन्द महासागरको ठूलो क्षेत्रमा निगरानी र नियन्त्रणका लागि चीन र भारत दुबैका लागि महत्वपूर्ण रणनीतिक क्षेत्र हो ।
मुईज्जको यो रणनीति भारतका लागि ठूलो धक्काको रुपमा हुने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline