हमास बिरुद्ध युद्धको नाममा हजारौ निहत्था प्यालेष्टाईनीको ज्यान लिँदै ईजरायल

हमास बिरुद्ध युद्धको नाममा हजारौ निहत्था प्यालेष्टाईनीको ज्यान लिँदै ईजरायल

  • सोमवार, कार्तिक ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

७ अक्टोबरमा हमासले ईजरायल बिरुद्ध आक्रमण गरेपछि शुरु भएको युद्धका क्रममा ईजरायलले निरन्तर गाजामा निहत्था प्यालेष्टाईनीको हत्याको श्रृखला जारी राखेको छ । ईजरायलले अस्पताल, मस्जिद, शरणार्थी शिविर, निजी आवास लगायतका क्षेत्रमा निरन्तर हवाई आक्रमण गर्दा अहिले सम्म चार हजार प्यालेष्टाईनी सर्वसाधारण, महिला तथा बालबालिकाको मृत्यु भईसकेको छ ।

संसारै भरबाट बिरोध भईरहेको छ ईजरायली अन्धाधुन्ध आक्रमणको । तर पनि अमेरीका र बेलायत लगायत पश्चिमा देशहरुको समर्थन पाएको ईजरायलले गाजा सहित प्यालेष्टाईनी क्षेत्रमा आक्रमण जारी राखेको छ ।

गएराति मात्रै ईजरायली आक्रमणमा गाजाको एउटा शिविरमा हमला गर्दा ३० जना नागरिकको मृत्यु भएको छ ।

७ अक्टोबरमा हमासले गरेको आक्रमणमा ईजरायलका सेना र सर्वसाधारण गरी १४ सय जनाको ज्यान गएपछि ईजरायलले हमास बिरुद्ध युद्धको घोषणा गरेर आक्रमण जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ