निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फिर्ता

निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फिर्ता

  • शनिबार, कार्तिक ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीन पटक प्रधानमन्त्री बन्नुभएका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्कनुभएको छ ।

सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको पाकिस्तानमा शरिफका प्रमुख प्रतिद्वन्द्वी अत्यन्त लोकप्रिय नेता इमरान खान अहिले जेलमा हुनुहुन्छ ।

स्थानीय मिडियाका अनुसार विगत थुप्रै दिन दुबईमा बिताउनुभएका शरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे राजधानी इस्लामाबाद टेक्नुभयो ।

“हामी पूर्णरूपमा निर्वाचनको तयारीमा छौँ”, आफ्नो उडान भर्नुअघि उहाँले पत्रकारहरूसँग भन्नुभयो, “जुन समृद्धिमा हाम्रो मुलुक हुनुपर्थ्यो, वास्तवमै पछाडि परेको छ, हामी यस्तो अवस्थामा कसरी आयौँ, यो किन आयो ?”

विश्लेषकहरूका अनुसार शरिफको स्वदेश फिर्तीमा शक्तिशाली सेनाको मध्यस्थता हुनसक्छ । गत वर्ष पदच्युत भएपछि सेना र इमरान खानको पार्टीबीच सम्बन्ध बिग्रियो ।

शरिफले इस्लामाबादपछि अर्को ठूलो सहर लाहोरको भ्रमण गर्नुहुनेछ जहाँ हरियो र पहेँलो पार्टी पोस्टर र ब्यानर बोकेर समर्थकहरू उहाँको स्वागतका लागि जम्मा भइरहेका छन् ।

एक उच्च अधिकारीका अनुसार ग्रेटर इकबाल पार्कमा सम्भावित भीडलाई नियन्त्रण गर्न सात हजारभन्दा बढी प्रहरीलाई परिचालन गरिएको छ । उक्त पार्कमा शरिफले घर फिर्तीबारे सम्बोधन गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ