मध्यपूर्वको स्थायित्वका लागि इजिप्टसँग काम गर्ने सिको भनाइ

मध्यपूर्वको स्थायित्वका लागि इजिप्टसँग काम गर्ने सिको भनाइ

  • बिहिबार, कार्तिक २, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

चीनका राष्ट्रपति सि जिनपिङले इजिप्टका प्रधानमन्त्रीसँग बिहीबार मध्यपूर्वमा ‘अधिक स्थायित्व’ ल्याउन आफ्नो मुलुकले इजिप्टसँग मिलेर काम गर्ने अपेक्षा गरेको बताउनुभएको छ ।

“चीन इजिप्टसँग सहयोग बढाउन तथा मध्यपूर्व र विश्वमा अधिक निश्चितता र स्थायित्व ल्याउन इच्छुक छ” बेइजिङमा राष्ट्रपति सिले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा भन्नुभएको भन्दै सरकारी प्रसारक सिसीटिभीले जनाएको छ ।

“चीन र इजिप्ट असल मित्र हुन् जसको लक्ष समान छ र एकआपसमा विश्वास गर्छन् । विकास र साझा समृद्धिका लागि हातमा हात मिलाएर काम गर्ने असल साझेदार हुन्” सिको भनाइ उद्धृत गर्दै सिसीटिभीले भनेको छ, “वर्तमानमा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति गहिरो र जटिल परिवर्तनबाट गुज्रिरहेको छ र विश्वले एक शताब्दीदेखि नदेखिएको तीव्र परिवर्तनको अनुभव गरिरहेको छ ।”

सिले अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायका साथै विकासशील मुलुकहरूको समान हितको रक्षा गर्न बेइजिङ कायरोसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताउनुभयो ।

इजराइल र हमासबीच यसै महिना युद्ध सुरु भएयता इजिप्टले गाजापट्टीसँगको आफ्नो सीमालाई प्राय बन्द गरेको छ । गाजामा मानवीय स्थिति लगातार दयनीय बन्दै गएको छ । तर कायरोले बिहीबार रफाह क्रसिङमार्फत मानवीय सहायताका लागि ‘दिगो’ मार्ग दिने बताएको छ ।

आगामी वर्षदेखि इजिप्ट उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको औपचारिक सदस्य बन्ने भएसँगै हालैका महिनामा चीन र इजिप्टबीचको सम्बन्ध मजबुत हुँदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ