एजेन्सी कार्तिक २ । प्यालेष्टाईनको गाजा क्षेत्रमा रहेको अस्पतालमा आक्रमण भएर ८ सय जना बिरामी, स्वास्थ्यकर्मी र सर्वसाधारणको मृत्यु भएपछि ईजरायल बिरुद्ध संसारभर प्रदर्शन चर्किएको छ ।
यो आक्रमणपछि ईजरायली आक्रमणको विरोधमा जोर्डन, टर्की, ट्युनिशिया, क्यानडा, जर्मनी, ईरान, लेवनान, सिरिया, अमेरीका, बेलायत, भारत लगायतका देशमा प्रदर्शनहरु भएका छन् ।
जोर्डनमा प्रदर्शन तीव्र भएपछि त्याहाँ अमेरीकी राष्ट्रपतिले गर्ने छलफल नै रद्ध भएको छ । प्रदर्शन भएका देशहरुमा ठाँउ ठाँउमा ईजरायली झण्डा जलाईएको छ भने अमेरीकी एवं युरोपेली ठूला देशहरुका दुतावास तथा कन्सुलरहरु अघि बिरोध प्रदर्शन गर्दै प्यालेष्टाईनी नागरिकमाथिको अत्याचार रोक्न माग गरिएको छ ।
यो अमानवीय आक्रमणमा ईजरायलको समर्थन गरेको भन्दै ठाँउ ठाँउमा अमेरीका बिरुद्ध पनि नाराबाजीहरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरीकाकै क्यापिटल हिलमा भवनमा समेत प्रवेश गरेर प्रदर्शनकारीले ईजरायली सरकारलाई चूनौती दिँदै युद्ध बिरामको लागि अमेरीकाले भूमिका खेल्नु पर्ने माग गरेका छन् क्यापिटल हिलमा प्रवेश गरेका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले प्यालेष्टाईनीहरुको जिन नै नष्ट गर्न खोजिएको भन्दै युद्धको बिरोध गरेका छन् ।