नेपालले असोजमा मात्रै बेच्यो भारतलाई चार अर्बको बिजुली, थप बिजुली निर्यातको प्रस्ताव स्वीकृत हुन बाँकी

नेपालले असोजमा मात्रै बेच्यो भारतलाई चार अर्बको बिजुली, थप बिजुली निर्यातको प्रस्ताव स्वीकृत हुन बाँकी

  • बुधबार, कार्तिक १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र०८१ को साउन, भदौ र असोज गरी तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको हो।

असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरिएको छ। तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ।

गत जेठ महिनाका पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको थियो। जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत भारतीय बजारमा निर्यात भएको छ। तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत निर्यात भएको हो।

साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट क्रमश ः आठ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ।

तीन महिनाको विद्युत समग्र औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ। विद्युत निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।

अब दशैँ तिहार र छठ पर्व नजिकिएकाले नेपालको उद्योग धन्दा कलकारखाना बन्द हुने र चिसो बढेसँगै आन्तरीक माग कम हुने भएकाले थप बिजुली बेच्न भारतलाई प्राधिकरणले प्रस्ताव पठाएको छ । यो प्रस्ताव स्वीकृत हुनासाथ नेपालले अझै धेरै बिजुली भारतलाई दिन सक्नेछ । तर भारतले अहिले सम्म नयाँ प्रस्ताव स्वीकृत गरीनसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले बताए ।

भारतले थप विजुली नलगे नेपालमा बिजुली खेर जाने अवस्था आउन सक्ने संभावना छ ।

नेपालले लगभग मंसीर सम्म भारतमा बिजुली निर्यात गर्न सक्नेछ । जलाधारयुक्त आयोजना धेरै रहेकाले नदी तथा खोलामा पानीको सतह घटेपछि नेपालमा बिजुली उत्पादनमा कमी आउने हुँदा हिँउदमा भने नेपालले भारतबाटै बिजुली खरीद गर्दै आएको छ ।

यो बर्ष मात्रै भारतमा १५ अर्ब बढीको बिजुली निर्यात हुने प्राधिकरणको अनुमान रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी