पुटिनसँगको वार्तामा सिद्वारा चीन–रुसबीच ‘गहिरो विश्वास’ को प्रशंसा

पुटिनसँगको वार्तामा सिद्वारा चीन–रुसबीच ‘गहिरो विश्वास’ को प्रशंसा

  • बुधबार, कार्तिक १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले दुई मुलुकबीचको ‘आपसी राजनीतिक विश्वास’ निरन्तर गहिरो हुँदै गएको बताउनुभएको छ ।

सरकारी समाचार समिति सिन्ह्वाका अनुसार राष्ट्रपति सिले ‘अन्तर्राष्ट्रिय निष्पक्षताको रक्षा’ र ‘न्याय’ का लागि चीन र रुसको संयुक्त प्रयासका लागि आग्रह गर्नुभयो । उहाँले दुवै मुलुकबीचको ‘घनिष्ठ र प्रभावकारी रणनीतिक समन्वय’ को प्रशंसासमेत गर्नुभयो ।

“द्विपक्षीय व्यापार ऐतिहासिक उचाइमा पुगेको छ, यो दुवै मुलुकले तय गरेको दुई खर्ब अमेरिकी डलरको लक्ष्यको दिशातिर अघि बढिरहेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति सिले पछिल्लो १० वर्षमा आफूले राष्ट्रपति पुटिनलाई ४२ पटक भेटेको पनि उल्लेख गर्नुभयो । उहाँले आफूहरूबीच राम्रो सम्बन्ध र गहिरो मित्रताको विकास भएको बताउनुभयो ।

चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन हुनुहुन्छ । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रियरूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो ।

चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ ।

युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ ।

बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा हुनुहुन्छ तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ ।

इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलन छायाँमा परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ