ईजरायलद्धारा गाजाको अस्पतालमा आक्रमण, ५ सय बिरामी र श्वास्थ्यकर्मीको मृत्युपछि चौतर्फी आक्रोश

ईजरायलद्धारा गाजाको अस्पतालमा आक्रमण, ५ सय बिरामी र श्वास्थ्यकर्मीको मृत्युपछि चौतर्फी आक्रोश

  • बुधबार, कार्तिक १, २०८०
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

एजेन्सी कार्तिक १ । ईजरायलले प्यालेष्टाईनको गाजामा रहेको एक अस्पतालमा आक्रमण गरेको छ । हवाई आक्रमणमा परी ५ सय जनाको मृत्यु भएको छ । अन्य सँयौ घाईते भएका छन् । मृत्यु हुनेमा बिरामी र श्वास्थ्यकर्मी र सर्वसाधारण रहेका छन् ।

यो आक्रमण गाजामा ग्राउण्ड अप्रेसन शुरु गर्न नसकेको ईजरायली सेनाले अन्धाधुन्ध रुपमा गरेको हो ।

यस आक्रमणको संसारभर बिरोध भईरहेको छ । मुस्लिम देशहरुमा ठूला ठूला प्रदर्शन भएका छन् । जोर्डनले अमेरीकी राष्ट्रपतिको भ्रमण नै रद्ध गरिदिएको छ ।

आज ईजरायल आउन लागेका अमेरीकी राष्ट्रपति बाईडेन जोर्डन समेत जाने तयारीमा थिए । अस्पतालमा आक्रमणको बिरोधमा जोर्डनले अमेरीकी राष्ट्रपतिको भ्रमण नै रोकेको हो ।

हमास बिरुद्ध युद्धको नाममा ईजरायलले गरेको अन्धाधुन्ध हवाई आक्रमणमा २५ सय भन्दा बढी प्यालेष्टाईनी नागरिकको ज्यान गईसकेको छ भने हजारौँ घाईते भएका छन् । अक्टोबर ७ मा हमासले ईजरायलमा हमला गरेपछि यो पछिल्लो घातक युद्ध शुरु भएको हो । यो आक्रमणमा १४ सय ईजरायली सेना र नागरिकको पनि मृत्यु भएको थियो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ