असोज २८ एजेन्सी । गत एक साता अघि सात अक्टोबरमा ईजरायलमा प्रवेश गरेर हमास लडाकु समुहले ईजरायल बिरुद्ध युद्ध शुरु गरेपछि अहिले पनि लडाई जारी छ ।
हमासको बदला लिन भन्दै ईजरायलले प्यालेष्टाईनी नागरिकमाथि निरन्तर बम बर्षाईरहेको छ । उत्तरी गाजाबाट लाखौँ प्यालेष्टाईनीहरु पलायन हुन बाध्य भएका छन् ।
ईजरायलको निरन्तर बमबारीमा परी प्यालेष्टाईनमा ६२० भन्दा धेरै बालबालिकाको मृत्यु भएको छ । अन्य १५ सय भन्दा बढी मारिएका छन् । ८ हजार बढी घाईते भएका छन् ।
ईजरायलले अब स्थलगत रुपमा पनि गाजामा प्रवेश गरेर आक्रमण गर्दैछ । ईजरायलको यो विनाशकारी आक्रमणलाई सहयोग गर्दै अमेरीकाले अर्को युद्धपोत र हतियार पठाएको छ । यस अघि पनि हतियार र युद्धपोत पठाएको थियो ।
ईजरायली आक्रमणले गाजामा मानवीय संकट पैदा भएको भन्दै सँयुक्त राष्ट्रसंघ र मुस्लिम देशहरुले आपत्ति जनाएका छन् ।
अमेरीका बेलायत जस्ता देशको साथ पाएको ईजरायलले यसको सुनुवाई गरेको छैन । बरु निरन्तर हमला जारी राखेको छ । हमासले गरेको आक्रमणमा अहिले सम्म १२ सय बढी ईजरायलीको मृत्यु भएको छ ।