एजेन्सी असोज २६ । गत शनिबार देखि हमास लडाकु समुह र ईजरायलबीच युद्ध शुरु भएदेखि ईजरायलले प्यालेष्टाईनको गाजा क्षेत्रलाई घेराबन्दी गरेर भीषण हवाई आक्रमण जारी राखेको छ । यस हमलामा १५ सय प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । अन्य हजाराँै घाईते भएका छन् ।
अस्पताल, विद्यालय सहित २० हजार भन्दा धेरै सर्वसाधारणका घरलाई ईजरायलले बमले खरानीमा बदलिदिएको छ । मारिनेमा २ सय हाराहारी बच्चाहरु समेत रहेका छन् ।
यही बीचमा ईजरायलले गाजामा प्रवेश गरेर थप आक्रमण गर्ने तयारी गर्दै लाखौँ सेना वरिपरि तैनाथ गरेको छ । यसका लागि उसले करीब ११ लाख प्यालेष्टाईनी नागरिकलाई उत्तरी गाजाबाट दक्षिणी गाजामा २४ घण्टा भित्र भाग्न चेतावनी दिएको छ ।
सँयुक्त राष्ट्रसंघले ईजरायलको यो चेतावनीपछि गाजामा भयंकर मानवीय संकट आउन सक्ने चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline