अमेरीका ईजरायल प्यालेष्टाईन युद्धमा चर्काउदै, पठायो घातक हतियार

अमेरीका ईजरायल प्यालेष्टाईन युद्धमा चर्काउदै, पठायो घातक हतियार

  • बुधबार, अशोज २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी असोज २४ । विश्व महाशक्तिका रुपमा कहलिएको अमेरीकाले ईजरायल प्यालेष्टाईन द्धन्द थप चर्काउने गतिविधि शुरु गरेको छ । अमेरीकाले शुरु देखिनै ईजरायलको पक्ष लिँदै आएकोमा पछिल्लो युद्ध शुरुभएपछि घातक हतियार दिन थालेको छ ।

अमेरीकी घातक हतियार बोकेको अमेरीकी लडाकु विमानको पहिलो खेप दक्षिणी ईजरायलमा अवतरण गरेको छ ।

शनिबार हमासले अल अक्स तुफान अप्रेसनका नाममा ईजरायली सीमामा प्रवेश गरेर आक्रमण शुरु गरेपछि ईजरायलले गाजामा ब्यापक हवाई आक्रमण गरेको छ । जसमा २० हजार नागरिकका घर र १० वटा अस्पताल ध्वस्त भएको छ ।

यस युद्धमा दुबै तर्फ गरी २ हजार बढीको ज्यान गईसकेको छ । युद्ध अझै जारी रहेकाले थप व्यक्तिको मृत्यु हुन सक्ने आशंका गरिएको छ ।

यस्तोमा ईजरायल प्यालेष्टाईनको ७ दशक लामो विवादलाई शान्तिपूर्ण समाधानमा लान बल गर्नु पर्नेमा अमेरीकाले एकपक्षीय रुपमा ईजरायलको समर्थन गर्दा युद्ध शान्तिमा परिणत हुन सकेको छैन ।

रुस, चीन लगायतका शक्तिशाली देशले ईजरायल प्यालेष्टाईनको मुद्धा शान्तिपूर्ण रुपमा समाधान गर्नु पर्ने, प्यालेष्टाईनको अस्थित्व स्वीकार गर्नु पर्ने पक्षमा अडान राख्दै आएका छन् ।

पछिल्लो घटनाक्रम र युद्धका लागि अमेरकिी नीति जिम्मेवार रहेको रुसी अधिकारीहरुको प्रतिकृया रहेको छ ।

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले प्यालेष्टाईन एक स्वतन्त्र देश बन्नु पर्नेमा स्पष्ट अडान व्यक्त गरेका छन् । पुटिनले मध्यपूर्वको अवस्था संकटग्रस्त रहेको भन्दै ईजरायल प्यालेष्टाईको चिन्तालाई ध्यान नदिई आफ्नो नीति अमेरीकाले लाद्ने क्रममा यो समस्या आएको बताएका छन् ।

उनले ईराकी प्रधानमन्त्रीसँग कुरा गर्दै दुबै पक्षले युद्धमा नागरिकलाई क्षति पुर्याउन नहुने भन्दै ध्यान दिन आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ