सरकारहरु ईजरायलको पक्षमा , जनता सडकमा प्यालेष्टाईनको समर्थनमा

सरकारहरु ईजरायलको पक्षमा , जनता सडकमा प्यालेष्टाईनको समर्थनमा

  • मङ्लबार, अशोज २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

एजेन्सी असोज २३ । हमास र ईजरायलबीच शनिबारदेखि युद्ध शुरु भएपछि संसारमा सरकार र जनता विभाजित भएका छन् । इजरायलको समर्थनमा अमेरीका, बेलायत भारत जस्ता देशले बक्तव्यवाजी गर्दै यो आक्रमणलाई आतकवादी घोषित गरेका छन् ।

तर भारत, अमेरीका, बेलायत र खाडी देशहरुमा ठूलो संख्यामा नागरिकहरु सडकमा निस्किएर प्यालेष्टाईनको पक्षमा नाराबाजी गरेको दृष्यहरु सामाजिक सञ्जालहरुमा भाईरल छ ।

भारतको दिल्ली सहित विभिन्न राज्यमा मुल्सिम समुदायका युवाहरुले प्रदर्शन गरेका छन् । विभिन्न नेताहरुले मोदी सरकारले ईजरायलको समर्थन गरेको भन्दै आक्रोश पोखेका छन् ।

अष्ट्रेलियामा पनि प्यालेष्टाईनको पक्षमा प्रदर्शनकारीले नाराबाजी गरेका छन् । कतार, ईरान, लेवनान लगायतका देशले हमासको पक्षमा समर्थन दिएका छन् ।

अमेरीकाको टाईम्स स्क्वाएरमा पनि हजारौँ मुस्लिम युवाहरु भेला भएर प्यालेष्टाईनको पक्षमा नाराबाजी गरेका थिए ।

ईजरायलले लामो समयदेखि प्यालेष्टाईनी भुभाग अतिक्रमण गरेर मुस्लिम समुदायमाथि अत्याचार गरेको, मस्जिदहरुमा हमला गरेको भन्दै शनिबार हमासले शक्तिशाली आक्रमण गरेको थियो ।

त्यसपछि ईजरायलले गाजामा बमबारी गर्दा १३० भन्दा बढी बालबालिका सहित ७ सय बढी प्यालेष्टाईनी नागरिकको ज्यान गईसकेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ