एजेन्सी असोज २३ । ईजरायल र हमास समुहबीच चारदिन देखि युद्ध जारी छ । शनिबार बिहानैदेखि हमासले ईजरायल भित्रै प्रवेश गरेर आक्रमण गरेपछि शुरु भएको युद्ध अझै रोकिएको छैन ।
हमासको करीब ४० हजार लडाकु ईजरायल प्रवेश गरेको अनुमान गरिएको छ । जवाफमा ईजरायलले गाजा क्षेत्रमा ब्यापक बमबारी जारी राखेको छ । यो बमबारीमा परी ६ सय प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । होटल, अस्पताल, आवास क्षेत्र जताततै ईजरायली सेनाले बमबारी गरेर गाजालाई तहस नहस पारिरहेको छ ।
यस युद्धमा ९ सय भन्दा बढी ईजरायली र ६ सय भन्दा बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । अझै पनि थुप्रै सेना र नागरिकलाई हमासले कब्जामा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline