अफगानिस्तानमा शक्तिशाली भूकम्प, २ हजारको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २ हजारको मृत्यु

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

अफगानिस्तानमा शनिबार राति ६.३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए।

एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ।

अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन्। भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल, सैनिक शिविरमा राखिएको हेरातको स्वास्थ्य विभागका अधिकारीले बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ