ईजरायल हमास युद्धमा मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, ३ सय ईजरायली सेना र नागरिकको ज्यान गयो

ईजरायल हमास युद्धमा मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, ३ सय ईजरायली सेना र नागरिकको ज्यान गयो

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असोज २१ काठमाण्डौँ । बलियो सुरक्षा संयन्त्र भएको ईजरायलमा हमास लडाकु समुहले अचानक शनिबार बिहानदेखि गरेको आक्रमण र ईजरायलले शुरु गरेको जवाफी कार्बाहीमा ५ सय जना भन्दा बढीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ सय भन्दा बढी ईजरायलका सेना र नागरिक रहेका छन् । ईजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा २३० भन्दा बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ ।

अहिले पनि २२ स्थानमा दोहोरो भीडन्त जारी रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुबै तर्फगरी २५ सय भन्दा बढी मानिस घाईते भएका छन् । घाईते हुनेमा ९ जना नेपाली समेत परेका छन् ।

हमासले अल अक्स फ्लड अप्रेशन भनेर ईजरायली सीमामा प्रवेश गरेर चौतर्फी आक्रमण गरेको थियो । यो सरप्राईज हमलामा उनीहरुले ईजरायली सीमामा बुलडोजर चलाउनुका साथै सैन्य ब्यारेक कब्जा गरेका थिए ।

उनीहरुले ३५ जना भन्दा बढी ईजरायली सेना र नागरिकलाई युद्धबन्दी बनाएका छन् । उनीहरु मध्य केहीको हत्या भएको ईजरायली सेनाले आशंका गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ