हमासद्धारा ईजरायल बिरुद्ध शक्तिशाली आक्र्रमण जारी, ४० जनाको मृत्यु, केही नेपाली घाईते

हमासद्धारा ईजरायल बिरुद्ध शक्तिशाली आक्र्रमण जारी, ४० जनाको मृत्यु, केही नेपाली घाईते

  • शनिबार, अशोज २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी असोज २० । प्यालेष्टाईनमा सक्रिय हमाल लडाकु समुहले ईजरायल बिरुद्ध शक्तिशाली सैन्य आक्रमण गरेको छ । आश्चर्यजनक रुपमा ईजरायल बिरुद्ध गरिएको भीषण हमलामा ४० जना भन्दा बढी ईजरायली नागरिकको मृत्यु भएको छ । सात सय ५० जना भन्दा बढी घाईते भएको ईजरायली प्रधानमन्त्रीले बताएका छन् ।

ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्हुले हमासले नसोचेको मुल्य चुकाउनु पर्ने र अहिले आफूहरु युद्धमा रहेको बताएका छन् ।

हमाशले भने अल अक्स मस्जिदमा प्यालेष्टाईनी नागरिकमाथि ईजरायलले गरेको दमन बिरुद्धको यो अप्रेशन भएको प्रतिकृया दिएको छ । हमासले हजारौँ रकेट ईजरायलमाथि निरन्तर बर्षाईरहेको छ । यसै गरी ईजरायली सेनाले पनि गाजामा हवाई आक्रमण शुरु गरेको छ । यो आक्रमणमा ९ जनाको मृत्यु भएको बताईएको छ ।

हमासले यो अभियानमा सहयोग गर्न संसारका मुस्लिम देशहरुलाई अपील गरेको छ ।

यस अचानक शुरु भएको भीषण युद्धको चपेटामा नेपालीहरु पनि परेका छन् । खास गरी अध्ययन र रोजगारीमा गएका नेपालीहरु आक्रमणमा परेको र ती मध्य ७ जना नेपाली घाईते भएको ईजरायल स्थित नेपाली दुतावासका अधिकारीहरुले जनाएका छन् ।

नेपालीहरुको उद्धार र उपचारका लागि दुतावासले पहल गरिरहेको बताइएकाृे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ